काठमाडौँ ।
चीन सरकारको सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा सोमबार नेपाल भित्रिएको छ ।उक्त खोप नेपाललाई चीनले अनुदानमा उपलब्ध गराएको हो ।
नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको उक्त ‘भेरोसेल’ खोप सोमबार बिहान नेपाल ल्याएको हो ।चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेको छ । खोप आएपछि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गरेकी थिइन् ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’को नीतिमा अघि बढाएको बताए । दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ती खोप खरिदका लागि तयारी गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताए । केही व्यक्तिबाट दोस्रो मात्रा फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सिर्जना गर्ने ढङ्गले टिप्पणी हुन थालेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो ।
सरकारले गत माघ १४ देखि फागुन पहिलो हप्तासम्म पहिलो चरण र गत फागुन २३ देखि दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो र दोस्रो चरणमा भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप दिएको थियो । भारत सरकारले पनि नेपाल सरकारलाई १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप प्रदान गरेको थियो ।
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले खोप हस्तान्तरणले चिनियाँ राष्ट्रपति सि चिनफिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताएकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया