ललितानिवास घोटालाका अभियुक्त गुरुङलाई प्रधानमन्त्रीको सम्मान
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा घोटाला प्रकरणमा प्रमुख नायक मानिएका मीनबहादुर गुरुङलाई बिहीबार एक समारोहबीच सम्मान प्रदान गरेका छन् । होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले अभियुक्त गुरुङलाई सम्मान गरेका हुन् । गुरुङ जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट सम्मानित भएका हुन् ।
चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको हो । कार्यक्रममा चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदरपत्र प्रदान गरिएको थियो । यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बरअन्तर्गत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपक कुमार मल्होत्रा पनि सम्मानित भएका छन् ।
त्यस्तै कार्यक्रममा नेपाल भारत आर्थिक सम्बन्धमा सहजीकरण तथा सुदृढ गर्न योगदान गरेबापत नेपाल भारत उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्षलाई कदरपत्र प्रदान गरिएको थियो भने नेपालको वैदेशिक व्यापारमा सहजीकरण गरेबापत नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन सम्मानित भएको छ ।
कार्यक्रममा प्रसंशनीय कार्य सम्पादन गरेका पोखरा चेम्बर अफ कमर्स कास्की, चितवन चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्सलाई पनि कदरपत्र प्रदान गरिएको थियो । यस्तै जग्गा व्यवस्था गरी भवन निर्माण गरेका कपिलवस्तु चेम्बर अफ कमर्स, डोटी चेम्बर अफ कमर्स, हरिवन नगर चेम्बर अफ कमर्स र उद्योग व्यापार संगठन रुपन्देहीले कदरपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा चेम्बरका छ जना पूर्वअध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका महानुभावहरुलाई वितरण गरिएको थियो । बनवारी लाल मित्तल मेमोरियल अवार्ड पर्यटनतर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ग्रहण गरेका थिए ।
त्यस्तै जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले, राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषितर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले, इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवालले र ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्राप्त गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताउँदै आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए । उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया