तीन साता शैक्षिक संस्था बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौँ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा कोरोनाको अर्को लहर सुरु भएको निष्कर्ष निकाल्दै विद्यालय, क्याम्पसलगायतका शैक्षिक संस्था कम्तीमा तीन साता बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
केन्द्रको शनिबार बसेको बैठकले कम्तीमा तीन साता शैक्षिक संस्था बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पास गरेपछि कार्यान्वयनमा आउनेछ । उपप्रधानमन्त्री समेत रहेका सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय बन्द गर्नेसहित राति १० बजेबाट रात्रिकालीन व्यवसाय समेत रोक्नुपर्ने सरकारलाई सुझाव दिएको छ ।
यसबाहेक संक्रमणको अवस्था हेरेर आवश्यकताअनुसार मानिसहरुको आवागमनमा कडाइ गर्नुपर्ने सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ ।नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात् शनिबार मात्रै थप तीन सय ३७ जना कोरोना संक्रमित भेटिएका छन् ।
तीन हजार पाँँच सय ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोभिड १९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत शुक्रबार (पछिल्लो २४ घण्टासम्म) २ सय ८८, गत बिहीबार तीन सय ३२, गत बुधबार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप एक सय ५१ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७३ हजार आठ सय ८६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या दुई हजार आठ सय छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २३ लाख नौ हजार सात सय ७६ को पीसीआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पछिल्लो समय संक्रमण बढ्नथालेपछि बेलायतमा भेटिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट नेपालका काठमाडौं, पोखरालगायतका सहरमा फैलिएको हुनसक्ने सीसीएमसीको अनुमान छ । स्वास्थ्य मन्त्रालयले गत बुधबार नै यसबारे सूचना जारी गरी सतर्क हुन र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया