भारतबाट फर्किनेमध्ये दश प्रतिशतमा कोरोना सङ्क्रमण
काठमाडौँ ।
भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका बासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किनथालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।
कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण फैलिने क्रम बढी देखिएको छ । एक सातामा त्यहाँको नाकाबाट भारतको विभिन्न सहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
आइतबार मात्रै तीन सय ३४ जनाको परीक्षण गर्दा ३० जनाको कोरोना सङ्क्रमण देखिएको पुनर्वास स्वास्थ्य एकाइले जनाएको छ । संक्रमणको दर हेर्दा समुदायस्तरमै फैलिएको अनुमान गरिएको छ । कोरोना सङ्क्रमित देखिएकालाई धनगढी आइसोलेसनमा पठाइरहेको छ ।
भारतबाट आउनेहरु सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षणविनै गाउँ पसिरहेकाले आम नागरिकले सतर्कता अपनाउनुपर्ने अवस्था पुनः आएको छ ।
एकै दिन तीन सय ६७ जनामा कोरोना
आइतबार नेपालमा थप तीन सय ६७ जनामा कोभिड१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार एक सय २५ मा पीसीआर परीक्षण र छ सय ९० मा एन्टिजेन परीक्षण भएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएका तीन सय तीन र एन्टिजेन परीक्षण गरिएका ६४ गरी तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितमध्ये उपत्यकामा मात्रै एक सय ५४ मा सङ्क्रमण देखिएको छ । आइतबार एक सय ४१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव नौ प्रतिशत छ । मुलुकभरि आइसोलेसनमा रहेका ८९ मध्ये १५ भेन्टिलेटरमा छन् ।
बिहीबारदेखि आइतबारसम्म १४ हजार सात सय ३४ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा एक हजार दुई सय ६० मा सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा चार सय ९८ सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । आइतबार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ६१ छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया