Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचेम्बरमा उर्मिला उपाध्यक्ष

चेम्बरमा उर्मिला उपाध्यक्ष


काठमाडौँ ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अघिकृत उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।चेम्बरको ७०औँ वार्षिक साधारणसभाले निर्वाचित गरेको सदस्यहरको प्रथम बैठकले सीईओ श्रेष्ठलाई उद्योग तर्फबाट नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षमा निर्वाचित गरेको हो ।चेम्बरको उपाध्यक्षमा निर्वाचित श्रेष्ठ झण्डै विगत एक दशकदेखि साल्ट ट्रेडिङ कर्पोरेसनको सीईओ रहँदै आएकी छन् ।

यही अवधिमा आइपरेको भारतीय नाकाबन्दी, महाभूकम्पको दैवी विपत्ति र कोरोना कहरको महाविपत्तिमा दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको समुचित एवं सर्वसुलभ रुपमा सर्वसाधारणमा वितरण गरेर उत्कृष्ट व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकी श्रेष्ठले आफूलाई व्यापारिक क्षेत्रमा आइरन लेडीका रुपमा स्थापित गरेकी छन् । उत्कृष्ट व्यवसायीहरुमा आफूलाई उत्तम स्थापित गरेकी छन् ।

नुन, दाल, चिनी, पीठो, ग्यास, घ्यू, दाल, चामल रासायनिक मललगायत पत्रपत्रिका छपाइको लागि चाहिने न्युज प्रिन्ट समेत साल्ट ट्रेडिङ कर्पोरेसनले नै बिक्री गर्दै आएको छ।सरकारी तवरबाट दाल, चामल रासायनिक मल र बीउबीजन बिक्रीवितरण हुने क्रममा टेण्डरदेखिकै सेटिङ र घोटालाको चक्र पन्छाएर साल्ट ट्रेडिङले मानवीय विपत्तिदेखि दैवीविपत्तिको कठिन परिस्थितिमा पनि आफ्नो दायित्वमा असमर्थता प्रदर्शन गरेर कायरता प्रस्तुत गरेको छैन तर निजी क्षेत्रले विभिन्न किसिमका छली र ठगी तथा सरकारी क्षेत्रबाट आफ्नो निजी स्वार्थका लागि जनताप्रति देखाएको गैरजिम्मेवारपन कमसेकम साल्ट ट्रेडिङ कर्पोरेसनले अहिलेसमम देखाएको छैन ।

यदि ती दुवै पक्षले यस्तै रवैया साल्ट ट्रेडिङले देखाएको भए यी विपत्तिमा देशको दूरदराजको मात्र होइन, राजधानी र सुगम सहरहरुमै हाहाकार र लुटपाटको अवस्था आउने थिएन भन्न सकिने अवस्था देखिँदैन ।यसरी बजारमा एकछत्र रुपमा समुचित वितरण प्रणाली निरन्त्तर कायम राख्न तिनै उर्मिलाको अविचलित अडानले सफल पारेको हो, अन्यथा साल्ट ट्रेडिङकै सीईओमा यस्तो दृढ अठोट र स्पष्ट मार्गचित्र भएको व्यक्ति नभएको भए यी विपत्तिमा दैनिक उपभोग्य वस्तुको समुचित र सुलभ वितरण प्रणाली नहुँदा अर्को ठूलो दुर्घटना हुने उत्तिकै सम्भावना थियो तर हुन पाएन ।

त्यस्तो विपत्ति नआएकाले त्यतातिर कसैले पनि ध्यान दिएका छैनन् ।तर ध्यान दिएर एकैछिन सोच्ने हो भने जो कसैलाई मनै जिरिङ्ग भएर आउँछ होला । यस्तो विपद् टार्ने व्यक्तित्व उर्मिला श्रेष्ठलाई चेम्बर अफ कमर्सको उपाध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित गरेर चेम्बरका सदस्यहरुले अत्यन्त विवेकपूर्ण निर्णय गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया