बैंकिङ क्षेत्रको निक्षेपमा ११ प्रतिशत वृद्धि
काठमाडौँ ।
बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ प्रतिशतले बढेको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप आठ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१ दशमलव नौ प्रतिशतले बढेको छ ।
२०७७ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव चार प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ४८ दशमलव छ प्रतिशत रहेको छ ।अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव तीन प्रतिशत, ३१ दशमलव चार प्रतिशत र ५० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ दशमलव एक प्रतिशत रहेको छ । २०७६ फागुन मसान्तमा यस्तो निक्षेपकोअंश ४४ दशमलव नौ प्रतिशत रहेको थियो ।
चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९ दशमलव चार प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७ दशमलव तीन प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१ दशमलव आठ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह छ दशमलव एक प्रतिशतले बढेको छ ।
राष्ट्र बैैंकका अनुसार २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव दुुई प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव तीन प्रतिशत र १३ दशमलव तीन प्रतिशत रहेको थियो ।
यसैगरी चालू आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८ दशमलव आठ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३ दमसलव दुई प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १० दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव नौ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५ दशमलव दुई प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७ दशमलव चार प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९ दशमलव एक प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १७ दशमलव तीन प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) सात दशमलव तीन प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१ दशमलव छ प्रतिशतले रट्रष्ट रिसिट अर्थात् आयात कर्जा ३० दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा हायर पर्चेज कर्जा भने चार दशमलव छ प्रतिशतले घटेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया