ललितानिवास जग्गा घोटालाका अभियुक्त गुरुङ राष्ट्रपतिबाट विभूषित
काठमाडौं ।
ललितानिवास जग्गा घोटालाका मुख्य अभियुक्त मानिएका भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । विभूषण हरेक वर्ष संविधान दिवसको दिन पारेर सरकारको सिफारिसका राष्ट्रपतिमार्फत प्रदान गरिँदै आएको छ ।
बालुवाटारमा भएको सरकारी जग्गा व्यक्तिको नाममा गर्नेमध्येका प्रमुख अभियुक्त मानिएका गुरुङमाथि विशेष अदालतले छानबिन गरिरहेको छ । अदालतको नजरमा अभियुक्त रहेका गुरुङ यसअघि चैत २६ गते नेपाल चेम्बर अफ कमर्सको वार्षिकोत्सवको दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीबाट समेत सम्मानित भएका थिए । अदालतमा भ्रष्टाचार मुद्दामा छानबिन चलिरहँदा राष्ट्रपति तथा प्रधानमन्त्रीले सम्मान गर्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया