Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २५ सय ७२ अंकमा

सेयर बजार परिसुचक २५ सय ७२ अंकमा


काठमाडौ ।
सेयर बजार परिसुचक उच्च अंकले घटेको छ । साताको सुरुवाती कारोवार दिन आज आईतबार नै बजार परिसुचक ७५ दसमलव ७९ अंकले ओरालो लागेर २५ सय ७२ दसमलव २२ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ५६ अंकले ओरालो लागेर चार सय ६४ दसमलव पाँच अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय १५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख चाार हजार ४० पटकको कारोवारमा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोवार रकम सात अर्ब २८ करोड ४१ लाख ९४ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह बाँँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, र्निर्जिवन बीमा सहितका १३ वटै उपसमुहको सुचक घटेर सेयर बजार रातै भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया