काठमाडौँ ।
सरकारले वैदेशिक लगानी चाहियो भनेर बारम्बार भनिरहेको छ, सरकारले यससम्बन्धी सभा सम्मेलन गरिरहन्छ । वैदेशिक लगानी भित्र्याउन राज्यले विभिन्न ऐन कानुनहरू बनाइसकेको र त्यस कानुनको आधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाइरहेको छ । तर सरकारको एउटा निकाय अध्यागमन विभागले गरेको एक निर्णयले प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्रै चलिरहेको एउटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।
विभागले भिसाको विषयलाई लिएर गरेको निर्णयका कारण चिनियाँ नागरिक चाङ सिङ्चोङले नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा पाँच वर्षदेखि चलाइरहेको गणपति इँटा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । उक्त उद्योग बन्द भए ४०–५० जना कामदारह्रूको रोजगारी साथै उद्योगको लगानी तथा प्रविधि गुम्ने उद्योग व्यवस्थापनले जनाएको छ । गत वर्ष कोभिड (कोरोना) का कारण अन्तर्राष्ट्रिय उडानह्रू बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साईसीयूको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो ।
नेपालमा ओभर स्टे (लामो समय) बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनुपर्ने र एक वर्ष नेपाल आउन नपाउने भनेर निर्णय गरेको थियो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित गणपति इँटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । यसअघिका महानिर्देशक रमेश कुमार केसीले नै उनीहरूलाई चीन फर्काउन निर्णय गरेका थिए ।
‘यदि लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनुप¥यो भने यहाँ चलिरहेको उद्योग बन्द गरेर हिँड्नुपर्ने अवस्था आउन सक्छ ।’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग (एकल बिन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन ।’ ‘अहिले सरुवा भएर आएका महानिर्देशक नारायण प्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाइ हुनसकेको छैन, उनले भने, ‘यहाँ यस्ता धेरै चाइनिजह्रू ओभर स्टे भएर बसिरहेका छन् ।
हामीले सुनेअनुसार विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे तर हाम्रा लगानीकर्ताहरूले राज्यलाई कर तिरेर उद्योग व्यवसाय गरेर बसिरहँदा उल्टै समस्यामाथि समस्या भोग्नु परिरहेको छ ।’ ‘भिसासम्बन्धी समस्या नेपाली व्यावसायिक साझेदारका कारण उत्पन्न भएको हो ।’ उद्योगका व्यवस्थापक मगरले भने, ‘हामीले नचाहँदा नचाहँदै पटक–पटक लाखौँ रूपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरिराख्यौँ । नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र करसम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’
नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आइरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिबाना तिर्दै निश्चित अवधिका लागि टुरिस्ट भिसा लिनुपर्ने र यसबीचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायतका समस्याले जरिवाना विलम्ब शुल्क तिरी भिसा अपडेट गराइराखेको मगरले बताए ।
नेपाली साझेदार व्यक्ति सन्दिप अधिकारीसँग साझेदारीमा मिलेर चाङले उक्त इँटा उद्योग चलाएका हुन् । सुरुका दिनहरूमा राम्रैसँग सञ्चालन हुँदै आएको यस इँटा उद्योग मिति २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाबकिताब बिग्रँदै गइरहेको, नेपाली साझेदारले डकुमेन्ट तथा कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्टलगायत करसम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनीको अपडेट हुन नपाएकोले व्यावसायिक (बिजनेश) भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ । चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेसन इन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया