Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमाले बाँकेले विपन्न समुदायका बिरामीको उपचारमा सहयोग गर्ने

एमाले बाँकेले विपन्न समुदायका बिरामीको उपचारमा सहयोग गर्ने


काठमाडौँ ।

नेकपा एमाले बाँकेले कोभिड संक्रमण भई अस्पतालमा उपचारका लागि आएका बिरामीहरूमध्ये विपन्न तथा असहायहरूका लागि बेडको खर्च व्यहोर्ने भएको छ । कोभिड महामारीको बढ्दो संक्रमणले बाँके जिल्ला आक्रान्त बनिरहेको बेला नेकपा एमाले बाँकेले गरिब तथा विपन्न समुदायका व्यक्तिहरूको उपचारमा सहयोग पु¥याउन दैनिक १० बेडको खर्च व्यहोर्ने जनाएको छ ।

आर्थिकरूपले गरिब, विपन्न परिवारका व्यक्तिहरूले प्रयोग गरिरहेको अक्सिजनसहितको १० बेड सहयोग गर्न लागिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताए । यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटि सदस्यहरू तथा पार्टी कार्यकर्ताहरूबाट करिब सात लाख सहयोग प्राप्त भएको छ । एमाले नेता अब्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजनसहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ ।

सरकारले सबै कोभिड बिरामीहरूको सम्पूर्णरूपमा निःशुल्क उपचार गराउनुपर्ने दायित्वलाई सम्झाउन पार्टीले यो अभियान सञ्चालन गरेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए । जिल्लाको एकमात्र सरकारी अस्पताल भेरीले माग धान्न नसकिरहेको र निजी तवरबाट सञ्चालन भइरहेको मेडिकल कलेज कोहलपुरमा सरकारले सबै खर्च उपलब्ध नगराइरहेको अवस्था रहेको छ । यो अभियानका लागि एमाले बाँकेले पार्टी नेता दलबहादुर सुनार र अशोक कोइराला संरक्षक तथा सचिव रत्न खत्रीको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । संयोजक रत्न खत्रीले यो अभियानमा जोडिन सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया