विराटनगर भन्सारभित्रको संस्थागत भ्रष्टाचार नाङ्गिएपछि बचाउका लागि हारगुहार
काठमाडौँ । विराटनगर भन्सारले जाँचपास गरी छाडेको भारतीय नम्बरप्लेटको ट्र्याक्टर बीआर ३८ सी २८९१ नम्बरको प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय सुनसरी पु¥याएपछि भन्सारभित्र हुने सेटिङको कारोबार छताछुल्ल बन्नपुगेको छ ।
विराटनगर भन्सारका भन्सार अधिकृत सन्तोष यादवले भन्सार जाँचपासको अन्तिम अनुमति दिँदै भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर गरिसकेपछि उक्त ट्र्याक्टर फुड सप्लिमेन्टका सामग्री बोकेर भन्सारको आईसीपीबाट बाहिरिएको थियो । भन्सार आईसीपीबाट बाहिरिएको उक्त ट्र्याक्टरमा भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलीभगतमा राजस्व छलीको सामग्री लिएर बाहिरिएको भन्ने मोरङ प्रहरीलाई प्राप्त सूचनाको आधारमा प्रहरीले ट्र्याक्टर चालक भारतीय नागरिक विनोद यादवसहितलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाएको थियो ।
उक्त प्रकरणपछि करिब १८ महिनाअघिदेखि सञ्चालन हुँदै आएको भन्सारभित्र हुने संस्थागत भ्रष्टाचार सार्वजनिक भएको हो ।शारीरिक क्षमता बढाउन प्रयोग गरिने फुड सप्लिमेन्टका सामग्री रहेको ट्र्याक्टरमा एडीसीभ सोलुसन, हेड बोर्न, सीपीभीस वेललर्ड, एडीसी सोलुसन, हिड बोन्डलगायतका १० वटा सामान मात्रै भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएको उक्त ट्र्याक्टरमा अन्य १४ प्रकारका सामान भेटिएको राजस्वस्रोतले बताएको छ ।
राजस्वस्रोतका अनुसार प्रज्ञापनपत्रमा उल्लेख नै नभएका योग प्रोटिन पावर, करोटेन प्लस प्रोटिन पावर, केबीक्यू ट्याब्लेट फुड सप्लिमेन्ट र कडिवोन ट्याब्लेट फुड सम्लिमेन्ट समेतका सामान ट्र्याक्टरमा फेला परेको हो । उक्त सामान मारुती ट्रेड कन्सर्न विराटनगरको नामबाट भन्सार प्रज्ञापनपत्र भरिएको छ भने भन्सार जाँचपास गराउने भन्सार एजेन्टका प्रतिनिधि अरविन्द ठाकुर रहेको बताइएको छ । राजस्वस्रोतका अनुसार सामान गणना गर्दा प्रज्ञापनपत्रमा घोषणा गरिएको सामानको परिणाम कहीँकतै मिल्दैन, सबै विवरण भन्सारबाट मगाएर खरिदबिक्री र अन्य अवस्थाको पनि विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको छ ।
यस्तै सोही दिन विराटनगर भन्सारले जाँचपास गरी छाडेको अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्र्याक्टर पनि मोरङ प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान सुनसरीमा बुझाएको थियो ।मोरङ प्रहरीले पक्राउ गरी राजस्वमा बुझाएको दोस्रो ट्र्याक्टरमा पनि हवनमा प्रयोग हुने भनेर उल्लेख गरी अन्य सातवटा व्यावसायिक फार्मको सामग्रीले भरिएको पाइएको राजस्वस्रोतले बताएको छ । भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा हवनको सामान रहेको भनिएको ट्र्याक्टरमा सिलाइ मेसिन, बिजुलीको स्वीच, ट्र्याक्टरका पार्टसहरू, गमलगायतका सामान भेटिएको राजस्वस्रोतले बताएको छ ।
उक्त ट्र्याक्टरको भन्सार जाँचपास एजेन्ट चेतनाथ पौडेलले गराएको पाइएको छ । पौडेल भन्सार एजेन्ट महासंघका केन्द्रीय उपाध्यक्ष समेत भएको र प्रमुख भन्सार अधिकृत शिव भण्डारीसँग निकट रहेका कारण संस्थागत सहमतिपश्चात् नै सामान आयात भएको दाबी समाचारस्रोतले गरेको छ । त्यस विषयमा विराटनगर भन्सार जानकार हुँदाहँुदै पनि ट्र्याक्टर जाँचपास भएको दाबी भन्सारभित्रै छ ।
विराटनगर भन्सारको आईसीपी प्रयोग गर्दै भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्दा जाँचपासको आवश्यक कागजी प्रक्रिया पूरा गरेको देखाएर सहमतिमा निर्बाधरूपले कर्मचारी र भन्सार एजेन्टले धन्दा नै चलाउने गरेको राजस्व स्रोतले बताएको छ । भन्सारले जाँचपास गरी छाडेको ट्र्याक्टरबाट बढी सामान फेला परेपछि आफ्ना कमजोरी ढाकछोप गर्न भन्सारका कर्मचारी तथा एजेन्ट सक्रिय भएर राजस्व अनुसन्धान सुनसरीलाई समेत दबाब दिन थालेको रहस्य खुलेको छ । जसको कारण राजस्व अनुसन्धान सुनसरीले अवैध धन्दामा संलग्न भन्सारका कर्मचारी र एजेन्टमाथि कारबाही र अनुसन्धानको कुनै प्रक्रिया अहिलेसम्म पनि बढाइएको छैन ।
यति गम्भीर तथा अवैध धन्दा सार्वजनिक भइसक्दा पनि यसलाई लुकाएर मिलिभगत गरी गुपचुप पार्दै उन्मुक्ति दिने चलखेल सुरु भएको बताउन थालिएको छ । त्यसका लागि विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारी र राजस्व कार्यालय सुनसरीका प्रमुख दिपक खड्का आफै सक्रिय भई लागेको स्रोतको दाबी छ । विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले आगामी चार पाँच महिनापछि सेवा निवृत्त हुनलागेका कारण हिँड्ने बेलामा जागीरमै कलङ्क लाग्ने त्रास भएपछि बचाउका लागि राजस्व प्रमुखलाई समेत प्रभावमा पारेको जानकाहरूले बताएका छन् ।
स्रोतका अनुसार केही हप्ताअघि भन्सार विभागबाट भन्सार एजेन्टको आवेदन माग हुँदा राजस्व अनुसन्धानको घेरामा परेका भन्सार प्रतिनिधि अरविन्द ठाकुरलाई भन्सार एजेन्टको लागि सिफारिस समेत प्रमुख भन्सार अधिकृत शिव भण्डारीले नै गरेका थिए । जसले गर्दा भन्सार प्रतिनिधि अरविन्द ठाकुरले भन्सार एजेन्टको आवेदन बुझाएको जानकारहरूले बताएका छन् । यो कुराले पनि भन्सार प्रतिनिधि अरविन्द ठाकुर र प्रमुख भन्सार अधिकृत शिव भण्डारीका बीच निकटता रहेको कुरा पुष्टि गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया