निषेधाज्ञामा खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त
काठमाडौँ ।
सरकारले निषेधाज्ञामा खाद्यपदार्थ मौज्दात पर्याप्त रहेको बताएको छ । मुलुकभर अर्थात् सुगम र दुर्गम दुवै क्षेत्रमा खाद्य पदार्थ पर्याप्त मौज्दात तथा आपूर्ति व्यवस्था पनि सहज रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार दुर्गममा २९ हजार तीन सय १४ मेट्रिक टन मौज्दात तथा पाँच हजार मेट्रिक टन चामल खरिद प्रक्रियामा रहेको, गहुँ चार हजार तीन सय ८८ मेट्रिक टन तथा दुर्गममा दुई हजार छ सय ९७ मेट्रिक टन नुन मौज्दात रहेको जनाएको छ ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक लाख ५३ हजार नौ सय एक मेट्रिक टन नुन तथा सात सय ६९ मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ । यस्तै निजी क्षेत्रसँग ५० हजार दुई सय ११ मेट्रिक टन चिनी मौज्दात रहेको छ ।
सुगम जिल्लाहरुमा ७९ हजार पाँच सय ४५ क्विन्टल र २४ वटा दुर्गम जिल्लाहरुमा २५ हजार चार सय ९५ क्विन्टल गरी एक लाख पाँच हजार ४१ क्विन्टल चामल मौज्दात रहेको छ । एक लाख ८३ हजार सात सय १० क्विन्टल धान, चार हजार तीन सय ८८ क्विन्टल मौज्दात गहुँ रहेको छ ।
मन्त्रालयका अनुसार धान, चामल, गहुँ, मकैलगायतका खाद्यान्नहरु भने २९ लाख तीन हजार एक सय ४० क्विन्टल मौज्दात रहेको छ । जसमध्ये बोलपत्रको माध्यमबाट ५० हजार क्विन्टल चामल प्राप्त हुनेछ ।यस्तै पछिल्लो समय सुगम जिल्लाहरुमा एक लाख नौ हजार दुई सय ८९ क्विन्टल, २४ दुर्गम जिल्लाहरुमा सात हजार सात सय ८३ क्विन्टल गरी एक लाख ८० हजार ७३ क्विन्टल खाद्यान्न बिक्री गरिएको छ । गृह मन्त्रालयले निषेधाज्ञामा सुगम र दुर्गम जिल्लाहरुमा खाद्यान्न अभाव नहोस् भनेर खाद्यान्न ढुवानी गर्ने सवारीसाधनलाई निर्बाध सञ्चालन हुन दिएको बताएको छ ।
सोही क्रममा मन्त्रालयले दैनिक दर्जनौँ अति आवश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनहरु उपत्यका प्रवेश गरेको जनाएको छ । गत बुधबारदेखि बिहीबार बिहानसम्म अर्थात् २४ घण्टाको अवधिमा दुई सयभन्दा बढी संख्यामा अति आवश्यक सामग्री बोकेको मालवाहक सवारीसाधनहरु भित्रिएको जनाएको छ । २४ घण्टामा ५३ वटा तरकारी, ४३ वटा अण्डा, ४१ वटा कुखुरा, ३७ वटा फलफूल, २५ वटा दूध, २१ वटा दाल, २१ वटा घ्यू तेल, २१ वटा चामल, १९ वटा चिनी,१७ वटा मैदा, ११ वटा औषधि, सातवटा राँगा, सातवटा खसी, पाँचवटा नुन, दुईवटा मकै, दुईवटा गहुँ, एउटा धान, एउटा अक्सिजन बोकेको मालवाहक सवारीसाधन उपत्यका भित्रिएको छ ।
पेट्रोलियम पदार्थ एवं ग्यासको अभाव छैनमन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ एवं खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज गरिएको तथा आयातमा कुनै अवरोध छैन । नेपाल आयल निगम लिमिटेडका अनुसार हाल मोतिहारी– अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात भइरहेको बताइएको छ । हाल निगमसँग ४८ हजार दुई सय ४५ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको बताइएको छ ।
यस्तै निगमबाट यस महिना खाना पकाउने एलपी ग्यासको कोटा ४६ हजार तीन सय ३२ मेट्रिक टन वितरण गरेको हुँदा ग्यासको आयात नियमित रुपमा भइरहेकोले आपूर्तिमा कुनै समस्या नरहेको बताइएको छ । यसैबीच दैनिकजसो उपत्यकामा पेट्रोलियम पदार्थ तथा ग्यास बोकेका सवारीसाधनहरु भित्रिने गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार गत बिहीबारसम्ममा चार सय ४० वटा मालवाहक ट्रक तथा ग्यास बुलेटहरु उपत्यका प्रवेश गरेका छन् । जसमध्ये १२ वटा हवाइ इन्धन ट्यांकर, २० वटा ग्यास बुलेट, २१ वटा पेट्रोल, एक सय दुईवटा डिजेल र दुई सय ८५ वटा मालवाहक गाडी उपत्यका भित्रिएका हुन् । सरकारले निषेधाज्ञामा आम नागरिकलाई अतिआवश्यक सामग्रीहरुको समस्या नहोस् भनी आयात, मौज्दात र बिक्रीवितरणलाई सहज बनाएको छ ।
निषेधाज्ञामा अत्यावश्यक दैनिक खाद्यलगायतका सामग्रीहरुको सहज उपलब्ध गराउने भन्दै गत बुधबार उद्योग मन्त्रालयका सचिवहरु, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु, उद्योग÷व्यवसायका छाता संगठन तथा तिनका पदाधिकारीहरु बैठक बसेको थियो । बैठकले दैनिक अत्यावश्यक खाद्य वस्तु तथा सेवा सहज रुपमा उपलब्ध गराउने त्यसका लागि सवारीसाधन सञ्चालनको वातावरण तयार गर्ने, कामदार तथा कर्मचारीलाई आवतजावत गर्न दिने, उद्योग÷ प्रतिष्ठान÷ व्यवसाय सञ्चालन गर्न दिनेलगायतको निर्णय गरेको थियो । उक्त निर्णयको पूर्ण कार्यान्वयन भएको पाइँदैन जसले गर्दा दुर्गम सीमित जिल्लामा खाद्यान्न अभाव र उपत्यकाको हकमा भने ढुवानीमा समस्या देखिएको छ । बल्खु, कालीमाटी क्षेत्रमा खाद्यान्न, तरकारी ढुवानी गर्ने सवारीसाधनहरुलाई नै प्रहरीले रोकेर राखेको पाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया