काठमाडौँ, माघ १
चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद नौ लाख ९९ हजार रुपैयाँसहित दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका ८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका १६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् । काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद तीन लाख रुपैयाँसहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया