सेयर बजार परिसुचक २७ दसमलव ४१ अंकले उक्लियो
काठमाडौं ।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १८ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार २७ दसमलव ४१ अंकले उकालो लागेर २६ सय ४५ दसमलव ८४ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ३५ अंकले उकालो लागेर चार सय ७५ दसमलव १२ अंकमा चढेको छ । आज १३ वटा उपसमुहको अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५१ हजार दुई सय ३५ पटकको कारोवारमा ७५ लाख ७९ हजार तीन कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोवार भएका कुुल उपसमुह मध्ये सबैको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ । जसमध्ये बाँँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका सबै उपसमुहको सुचक उच्च अंकले बढेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया