Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्गा प्रसाईंले दिए उपाध्यक्ष गिरीविरुद्ध उजुरी

दुर्गा प्रसाईंले दिए उपाध्यक्ष गिरीविरुद्ध उजुरी


काठमाडौं, माघ १
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ । बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले सो कुराको जानकारी दिएका हुन् । आयोगका उपाध्यक्ष गिरीले भ्रष्टाचार तथा घुस लिनेलगायतका अनियमित कार्य गरी आयकरसमेत छलेर कानुनविपरीत अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै प्रसाईंले उनको सम्पत्तिको बारेमा छानबिन गरी कारबाहीको लागि मागसमेत गरेका छन् ।

कार्यकारी निर्देशक प्रसाईंले उपाध्यक्ष गिरीले ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष, स्वास्थ्य सेवा बीमा बोर्ड टेकुको कार्यकारी निर्देशक र हाल चिकित्सा शिक्षा आयोगमा रहेर भ्रष्टाचार तथा घुस लिने खाने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेर आफू र आफ्ना नातेदारको विभिन्न घर जग्गा, जमिन, सेयर, सुन, चाँदी, सेयर तथा विभिन्न बैंक खातामा अकुत गैरकानुनी सम्पत्ति आर्जन गरेकोले निजको गैरकानुनी चलअचल सम्पत्ति जफत गरी पाऊँ’ भनी मंगलबार सम्पति शुद्धीकरण अनुसन्धान विभाग र सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत मुद्दा दर्ता गरेको पत्रकार सम्मेलन गरी बताएका छन् ।

यसअघि प्रसाईंले उपाध्यक्ष गिरीले मेडिकल कलेज सम्बन्धनको विषयलाई लिएर द्वारिकाज होटलम आफूसँग उनले २० करोड घुस मागेको बताएका थिए । सो रकम दिन नसक्ने भए आफ्ना सम्धीको नाममा १० प्रतिशत सेयर माग गरेको प्रसाईंले बताउँदै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x