Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीमा फेरि ओली नै नियुक्त

प्रधानमन्त्रीमा फेरि ओली नै नियुक्त


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त प्रधानमन्त्री पदमा पुनः केपी शर्मा ओलीलाई नै नियुक्त गरेकी छिन् ।
यही वैशाख २७ गते आफैँले संसदबाट विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा भएको बैठकमा विश्वास गुमाएपछि पदमुक्त भएका ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनको दाबी पेस गर्न दिएको बिहीबार राति ९ बजेसम्मको समयमा दलहरुले दाबी पेस नगरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमत जुटाउन नसक्दा ओलीलाई प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएको हो । बहुमतीय सरकारको लागि बिहीबार दिनभर यी दलका नेताहरुबीच पटक–पटक भेटवार्ता भए पनि जसपाभित्रको आन्तरिक विवादले दुई पक्ष एक हुन सकेन । यता एमालेको आन्तरिक विवादका बीच माधव कुमार नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरे पनि नेपाल र अध्यक्ष ओली विवाद समाधानको सहमतिनजिक पुगेपछि उनीहरुले राजीनामा दिएनन् । फलतः ओलीलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुल्यो ।

यसअघि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतीय सरकार गठनको दाबी पेस गर्न आह्वान गरेकी थिइन् । तर निर्धारित समयमा कुनै पनि दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया