महेन्द्रनगर।भारतबाट आउने नेपालीहरूका लागि गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्ला र अन्य जिल्लाका लागि गरी छुट्टाछुट्टै निर्माण गरिएको होल्डिङ सेन्टर बुधबारदेखि सञ्चालनमा समेत आएको छ ।
भीमदत्त नगरपालिका, निड्स नेपाल र श्रीदल गण भगतपुरको सहकार्यमा होल्डिङ सेन्टरको निर्माण गरिएको हो । वैशाख २० गतेदेखि निर्माणकार्य सुरु गरिए पनि हावाहुरीका कारण दुई पटक क्षति हुनपुगेपछि केही समय ढिला भएको बताइएको छ ।
अहिले अस्थायीरूपमा मात्रै निर्माण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । श्रीदल गण भगतपुरका सेनानी प्रतीक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सी, खानेपानी, शौचालयलगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ ।
त्यसैगरी गणको जनशक्ति प्रयोग गरिएको सेनानी कार्कीले बताए । गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरूका लागि नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था समेत भीमदत्त नगरपालिकाले मिलाएको छ । नाकामै हेल्थ्य डेस्क स्थापना गरेर एन्टिजिन परीक्षणपछि सम्बन्धित स्थानमा पठाउने गरिएको छ । एन्टिजिन पोजिटिभ आएकाहरूलाई आईसीएचको भवनमा राख्ने गरिएको छ ।
मौसम प्रतिकूलताका कारणले होल्डिङ निर्माणमा ढिलाइ भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । विष्टले स्थायी प्रवृत्तिको होल्डिङ सेन्टर निर्माणको योजनामा नगरपालिका लागेको बताए । ‘कोरोना महामारी मात्रै होइन भूकम्प, बाढी र हावाहुरीबाट हुने क्षतिको अवस्थामा समेत काम लाग्ने गरी होल्डिङ सेन्टर निर्माण गर्ने योजनामा जुटेका छौँ’ विष्टले भने । हाल गड्डाचौकी नाकाबाट दैनिक दुईदेखि तीन सय जना नेपालीहरू भित्रिने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया