अक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ जना पक्राउ
ललितपुर । अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले बजारमा १५ हजार रूपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजारमूल्यभन्दा बढी लिई प्रतिसिलिन्डर ४१ हजार रूपैयाँमा बिक्री गर्नेगरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भएका ४२ वर्षीय नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।
हाल विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगको कारण बिमारी भई अस्पतालमा उपचाररत बिरामीहरूको लागि अक्सिजन सिलिन्डर अभाव भइरहेको छ । उक्त मौका छोपेर ललितपुर जिल्लामा समेत अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा सिलिन्डर बिक्री गर्नेगरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार रूपैयाँ र चार थान रसिद समेत प्रहरीले बरामद गरेको छ । उनीहरूउपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया