बालाजु औद्योगिक क्षेत्रमा श्रीमती काण्ड ः श्रीमती सरुवा गर्दा महाप्रबन्धकमाथि झापड
काठमाडौं, माघ ५
बालाजु औद्योगिक क्षेत्रमा रमिता छ । अध्यक्ष र महाप्रबन्धकको ताण्डव नृत्यका कारण औद्योगिक क्षेत्र नै तहसनहस हुने अवस्थामा छ । केही दिनअघि महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी भएको भिडियो भाइरल भएको थियो । त्यो काण्ड कसरी घट्यो भन्ने नयाँ रहस्य खुलेको छ । औद्योगिक क्षेत्रका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा गत हप्ता तालाबन्दी थियो । ताला खोल्न राज्यमन्त्री मोती दुगडले आदेश गरे तर ताला खुलेन ।
तालाबन्दी कुनै कर्मचारीले आफ्नो सेवा सुविधा कटौती भएको वा युनियनको अधिकार हनन भएको विषयमा थिएन । अध्यक्ष नन्दकिशोर बस्नेतले कर्मचारी सरुवाको विषयलाई लिएर तालाबन्दी गरेका थिए । महाप्रबन्धक सुवास सिटौलाले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै कर्मचारी सरुवा तथा पदस्थापना गरेका थिए । जसमा एक कर्मचारी थिइन्– एकमाया थापा ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा वरिष्ठ अधिकृत प्रथम सातौँ तहमा कार्यरत उनलाई लिमिटेडले भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा खटाएको थियो । गत पुस १६ गतेदेखि नै लागू हुने गरी भएको सरुवाको विरोधमा उत्रिने प्रमुख व्यक्ति थिए – अध्यक्ष नन्द किशोर बस्नेत । कारण– एक माया थापा बस्नेतकी श्रीमती हुन् । आफ्नो श्रीमतीको सरुवा भएको विरोधमा उनले सिटौलालाई विभिन्न दबाब नदिएका होइनन् । तर, उनले आफ्नो कार्यकारी अधिकारबाट टसमस नभएपछि बस्नेतले सरुवा पदस्थापना रद्द गर्दै सिटौलालाई नै बर्खास्तीको पत्र काटे ।
अर्थ मन्त्रालयको सिफारिसमा नियुक्त भएका सिटौलालाई हटाउने अधिकार मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई मात्रै छ । तर बस्नेतले मन्त्रिपरिषद् र अर्थ मन्त्रालयकै अधिकार दुरुपयोग गर्दै महाप्रबन्धक सिटौलालाई अवकाश पत्र दिए । स्रोतका अनुसार बस्नेतले श्रीमती एकमाया थापालाई प्रयोग गरेर लुटधन्दा चलाउँदै आएका थिए । बस्नेतको श्रीमती एकमाया थापाको सरुवा बदर गर्न मन्त्रालयले पत्र काटेपछि भने औद्यागिक क्षेत्र व्यवस्थपान कार्यालयका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी खुलेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया