असार ३१ गतेसम्म एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार यस दिन अर्थात् असार २२ गते मंगलबार पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८३ ‘ङ’ बिक्री गरिएको हो ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकमा बिक्री गरिने यो ऋणपत्र खरिदको लागि आज अपराह्न ३ बजेसम्म आवेदन लिएको राष्ट्र बैंकले जानकारी दिएको छ । निष्काशन मिति २०७८ असार २३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति भने २०८३ असार २४ गते रहेको छ । खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने र बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकको तयारी छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम हुनेछ ।
न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सीमा तोकिएको ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीकोरुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलकबोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलवपछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलकबोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेन्जमार्फत हुुनेछ ।
राष्ट्र बैंकले सरकारको लागि चालू आर्थिक वर्षभित्रै दुुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ ।
चालू आवको तेस्रो चौमासिक अवधिसम्म अर्थात् यही असार मसान्तसम्म भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनुपर्नेछ । सोहीअनुसार मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार आन्तरिक ऋण उठाउनको लागि टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपरकरणहरु बिक्री गरिँदै आएको छ ।
सटही काउण्टरबाट चार लाख रुपैयाँ नगद चोरी
कपिलवस्तु । कृष्णनगर नगरपालिका–२ बसपार्कस्थित हुसेन सटही काउण्टरबाट नगद चार लाख ६० हजार रुपैयाँ र नगद एक लाख ५० हजार भारतीय रुपैयाँ मंगलबार बिहान चोरी भएको छ ।
काउण्टर संचालक खाना खान गएको अवस्थामा ढोकाको लक फोडी उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१५ लाख जरिवाना ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी लामा पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लाक्पा लामालाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ५९ वर्षीय लामालाई बैंकिङ कसुरको अभियोगमा मंगलबार पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक महतोका अनुसार विकास थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लाक्पा लामा भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले काठमाडौं जिल्लाको साबिक चपली भद्रकाली गाविस वडा नं. ३ हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बस्ने वर्ष लामालाई सात दिन कैद र १५ लाख रुपैयाँ जरिवाना हुुने ठहर भएको थियो । सो पश्चात् उक्त सजाय बेरुजु रही फरार रहेकोले निज प्रतिवादी लामालाई सीआईबीबाट खटिएको टोलीले असार २२ गते अर्थात् मंगलबार काठमाडौंको चक्रपथबाट पक्राउ गरेको हो । उनलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।
प्रहरी उपरीक्षक महतोका अनुसार २०७५ सालमा प्रतिवादी लाक्पा लामाले व्यापार व्यवसाय गर्नको लागि रकम लिएको र उक्त रकमबराबरको चेक पीडित व्यक्तिलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडित जाहेरवालालाई १५ लाख रुपैयाँबराबरको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया