११ महिनामा १३ खर्ब ८३ अर्बको आयात, १२ खर्ब ६२ अर्बको व्यापारघाटा
काठमाडौं । मुलुकको निर्यात बढेर पहिलोपटक एक खर्ब २१ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालको निर्यात व्यापार पहिलोपटक ३७ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो निर्यात शून्य दशमलव दुई प्रतिशतले मात्र बढेको थियो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार कुल वस्तु आयात भने २५ दशमलव सात प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५ दशमलव तीन प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको ११ महिनामा कुल वस्तु व्यापारघाटा भने २४ दशमलव छ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दशमलव चार प्रतिशतले घटेको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३ दशमलव तीन प्रतिशत र २५ दशमलव नौ प्रतिशतले निर्यात बढे पनि चीनतर्फको निर्यातमा १७ दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जनाँएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढ्दा पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव दुई प्रतिशत, २४ प्रतिशत र नौ दशमलव नौ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढे पनि हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदीलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।
११ महिनामा भित्रियो आठ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स : चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालको विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम १२ दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह तीन दशमलव दुई प्रतिशतले घटेकोे थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव दुई प्रतिशतले घटेकोे थियोे । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९ दशमलव नौ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२ दशमलव चार प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७ दशमलव एक प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१ दशमलव एक प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
खुद सेवा आय ५८ अर्ब १० करोड रुपैयाँले घाटामा : खुुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ११ महिनामा खुद सेवा आय ५८ अर्ब १० करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय एक अर्ब २३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८८ दशमलव छ प्रतिशतले कमी आई छ अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५८ अर्ब ६३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४० दशमलव नौ प्रतिशतले कमी आई ३० अर्ब ६५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २३ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८३ करोड रहेकोमा शिक्षातर्फको व्यय २५ अर्ब १२ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालू खाता दुई खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँले घाटामा : चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनाको अवधिमा चालू खाता दुुई खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६२ अर्ब ५९ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ५१ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर आठ दशमलव चार प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३ दशमलव चार प्रतिशतले कमी आई १६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब पाँच करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड आठ लाख रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया