सवारीसाधनहरूको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण आयात घट्दो
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बढ्दो क्रममा रहेको सवारीसाधनहरूको आयात नेपाल राष्ट्र बैंकले सवारीसाधनहरूको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण क्रमशः घट्दै गएको जनाएको छ । नाडाका उपाध्यक्ष करण चौधरीले आर्थिक वर्ष २०७३/७४ देखि नै सवारीसाधनहरूको आयात क्रमशः घट्न थालेको जानकारी दिए । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार भेट गर्दै नाडाको प्रतिनिधिमण्डलले उक्त व्यवस्थामा पुनर्विचार गर्न समेत आग्रह गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृतवमा गएको प्रतिनिधिमण्डलले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरूका लागि छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गरी दिन समेत सरकारसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष दुलालले सवारीसाधनहरूको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरूबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । नेपालमा लोकलमा उत्पादित अटोमोबाइल स्पेयर पार्टस तथा लुब्रिकेन्टसहरू बढी आयात भइरहेको भन्दै उनले उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुब्रिकेन्टसहरू आयात गर्नसकिने व्यवस्था मिलाइदिनका लागि समेत आग्रह गरे ।
त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउँदो २०७८÷७९ को मौद्रिक नीति अटोमोबाइल व्यवसायीमैत्री आउने आशा व्यक्त गरे । उपाध्यक्ष चौधरीले नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसक्नु सडकको अवस्था राम्रो नरहेकोले बताए । गुणस्तरीय सडक निर्माणमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने बिल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए ।
छलफलमा अर्थमन्त्री शर्माले सरकारले सबै नेपाली जनतालाई नै सर्वसुलभरूपमा खोप उपलब्ध गराउने जानकारी दिए । साथै उनले नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह समेत गरे । त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने उनको भनाइ थियो । त्यसै क्रममा उनले नेपालको अटोमोबाइल क्षेत्रमा के–कस्ता समस्याहरू छन् ती सबै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरूलाई आग्रह गरे । सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया