१५ बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको पत्र
अहिलेसम्म पत्रको आधिकारिकता नै पुष्टि भएको छैन, आतंकित बनाउने हल्लामात्रै हो : राष्ट्र बैंक
काठमाडौं । ह्याकरको समूहले नेपाल राष्ट्र बैंकसहित नेपालका १५ वटा बैंकहरुको सिस्टम ह्याक गरी रकम चोरी गर्ने चेतावनीसहित पठाएको भनिएको पत्रमा कुनै आधिकारिकता नदेखिएको नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ ।
बुधबार साँझ ५ः५५ बजे नेपालको १५ वटा बैंकहरुको सिस्टम ह्याक गरी रकम चोर्ने धम्की दिएको पत्र सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । ‘धम्कीसहितको पत्र हामीले पनि पाएका थियौँ’, नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘यसरी इमेलमार्फत सामाजिक सञ्जालमा भाइरल भएको पत्र हामीले पनि हे-यौँ, सोपश्चात् सबै बैंकहरुलाई आफ्नो सुरक्षा प्रणाली चेकजाँच गर्न र चुस्त दुरुस्त राख्न निर्देशन दियौँ तर अहिलेसम्म बैंकहरुको सुरक्षा प्रणालीमा त्यस्तो कुनै समस्या छैन ।’ भाइरल भएको उक्त पत्रपश्चात् बिहीबार बिहान पनि सबै बैंकहरुको सुरक्षा प्रणाली चेकजाँच गरिएको समेत सहायक प्रवक्ता पोखरेलले बताए ।
‘भाइरल भएको इमेल कसलाई पठाएको हो, कहाँबाट त्यो भाइरल भयो, यसको सुरुवाती व्यक्ति को हो, कहीँकतै देखिएको छैन’, उनले भने, ‘इमेल पठाएको भनियो, त्यो इमेल पठाउने र पाउने व्यक्ति पनि त कोही नै कोही त होलान् नि ? तर अहिलेसम्म त्यस्तो देखिएको छैन ।’ आमसर्वसाधारणलाई आतंकित पार्नको लागि हल्ला फिजाइएको हुनसक्ने उनले अनुमान गरे । यसको विषयमा सम्बन्धित निकायले छानबिन गरी दोषी पहिचान गर्ने उनको भनाइ छ । अहिले पनि कुुनै पनि बैंकहरुको सिस्टममा समस्या नभएको भन्दै निर्धक्क भएर सबै कारोबार गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
ह्याकरमार्फत भाइरल भएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको सिस्टम ह्याक गरी रकम चोर्ने भनिएको थियो ।
बैंकिङ कसुरमा फरार धिताल पक्राउ
बाँके । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विष्णु जीवन धिताल (सन्ज्याल) लाई बिहीबार पक्राउ गरिएको हो ।
जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसुरमा तीन दिन कैद र दुई लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धिताललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया