महामारीकै अवधिमा पनि बैंकहरूले कमाए ६३ अर्ब ३७ करोड खुद मुनाफा
सबैभन्दा बढी नाफा कमाउनेमा नबिल, नेपाल एसबीआई, सेञ्चुरी र सिभिल बैंकको नाफा कमजोर
काठमाडौं । कोरोना महामारीकै कारण उत्पन्न भएको असहज आर्थिक अवस्थाका बाबजुद पनि वाणिज्य बैंकहरुले खुद मुनाफा बढाउन सफल भएका छन् । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले कुुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
बैंकहरुले कमाएको यो मुनाफा अघिल्लो आवको तुलनामा २० प्रतिशतको हाराहारीमा अर्थात् १० अर्ब ५७ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले कुल ५२ अर्ब ८० करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए । आव २०७७/०७८ मा कोभिड १९ को नियन्त्रणको लागि सरकारले धेरैजसो समय धेरै जिल्लाहरुमा लकडाउन तथा निषेधाज्ञा जारी गरेको थियो । सोही कारण आव २०७७/०७८ मा आर्थिक गतिविधि सुस्त भएको थियो । तर योबीचमा वाणिज्य बैंकहरुले ठूलो परिमाणमा लघुुवित्त संस्थाहरुमा रहेको सेयर बिक्री गरेका कारण पनि खुद मुनाफा बढेको हो । अपरिष्कृत वित्तीय विवरणअनुसार आव आव २०७७/०७८ सबैभन्दा बढी खुुद मुनाफा नबिल बैंकले कमाएको छ ।
अघिल्लो आवमा तीन अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको नबिलले आव आव २०७७/०७८ चार अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा परेको छ । अघिल्लो आवमा दुई अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको ग्लोबल आईएमईले पछिल्लो आवमा भने खुद मुनाफा बढाएर चार अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पु-याएको छ । अघिल्लो आवमा चार अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको नाफा भने खुम्चिएको छ । बैंकले आव आव २०७७/०७८ जम्मा तीन अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
बढी नाफा कमाउने बैंकहरुको सूचीमा कृषि विकास बैंक भने चौथो स्थानमा परेको छ । बैंकले आव आव २०७७/०७८ तीन अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने कृषि विकास बैंकको यस्तो नाफा तीन अर्ब ३३ करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवमा दुई अर्ब ४२ करोड ३१ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकले आव २०७७/०७८ भने तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । एनआईसी एसिया बैंकले भने आव २०७७–०७८ मा तीन अर्ब २४ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको एनआईसी एसियाको यस्तो नाफा तीन अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी प्राइम कमर्सियल बैंकले पनि आव २०७७–०७८ मा तीन अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा प्राइमको यस्तो नाफा दुई अर्ब २५ करोड १४ लाख ७८ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवमा दुई अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा कमाएको नेपाल बैंकले आव २०७७/०७८ मा भने तीन अर्ब छ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यीबाहेक हिमालयन बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, सानिमा बैंंक, कुमारी बैंक र प्रभु बैंकले पनि आव २०७७/०७८ मा दुईदेखि तीन अर्ब रुपैयाँको बीचमा खुद मुनाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा एक अर्ब १५ करोड रुपैयाँदेखि दुई अर्ब ५८ करोड रुपैयाँको बीचमा रहेको थियो ।
अव २०७७/०७८ मा सिटिजन्स बैंक इन्टरनेशन लिमिटेड, एभरेष्ट बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र सनराइज बैंकको खुद मुनाफा भने एक अर्ब २७ करोडदेखि एक अर्ब ५९ करोड रुपैयाँको बीचमा रहेको छ । अघिल्लो आवमा भने यी बैंकहरुको यस्तो नाफा एक अर्ब १० करोड रुपैयाँदेखि दुई अर्ब ५१ करोड रुपैयाँसम्म रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७७/०७८ मा नेपाल एसबीआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकको खुद मुनाफा भने सबैभन्दा कमजोर देखिएको छ । यी बैंकहरुको यस्तो नाफा क्रमशः ९६ करोड, ७५ करोड र ५५ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आवमा भने यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ५४ करोड, ८० करोड ४५ लाख र ५५ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया