Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूमा कोभिड–१९ को असर परेन, अधिकांश बैंकको नाफा बढ्यो

विकास बैंकहरूमा कोभिड–१९ को असर परेन, अधिकांश बैंकको नाफा बढ्यो


काठमाडौं । विश्व महामारी कोरोना संक्रमणको असर विकास बैंकहरुमा खुद मुनाफामा कम देखिएको छ । सरकारले कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि विभिन्न समयमा जारी गरेको निषेधाज्ञा र लकडाउनका कारण उत्पन्न भएको असहज आर्थिक अवस्थामा पनि विकास बैंकहरुले खुद मुनाफा बढाउन सफल भएका छन् । लकडाउन र निषेधाज्ञाका कारणले बैंकहरुको निक्षेप तथा कर्जा एवं खुद ब्याज आम्दानीमा संकुुचन आएको भए पनि यो अवधिमा बैंकहरुले खुद मुनाफा बढ्नुले विकास बैंकहरुको नाफामा कोभिड १९ असर कम देखिएको हो ।

बैंकिङ क्षेत्रमा अहिले क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । जसमध्ये सबैजसो बैंकहरुले आर्थिक वर्ष २०७७/०७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । तीमध्ये मितेरी डेभलपमेन्ट बैंकको खुद मुनाफा घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा ऋणात्मक देखिएको छ । यसबाहेकका बाँकी बैंकहरुको खुद मुनाफा भने बढेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार मुुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैक, ज्योति विकास बैंक, लुुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकसहितका १६ वटा बैंकहरुको नाफा बढेको छ ।

सोमध्ये पनि मुक्तिनाथ विकास बैंकले आर्जन गरेको खुद मुनाफा सबैभन्दा उच्च देखिएको छ । मुक्तिनाथ आव २०७७/०७८ मा एक अर्ब १५ करोड नौ लाख ७९ हजार पाँच सय ४३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ७० करोड ७४ लाख पाँच हजार एक सय १७ रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा गरिमा विकास बैंक भने दोेस्रो स्थानमा परेको छ । गरिमाले आव २०७७/०७८ मा ८२ करोड ५२ लाख ८८ हजार एक सय ५७ रुपैयाँँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा गरिमाको यस्तो नाफा ५७ करोड ७२ लाख ५५ हजार सात सय ६९ रुपैयाँ रहेको थियो । यसैगरी ज्योति विकास बैंकले पनि २०७७/०७८ मा ७४ करोड १६ लाख ८० हजार छ सय ६६ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा भने ज्योतिको यस्तो नाफा ४८ करोड ८४ लाख ५६ हजार दुुई सय नौ रुपैयाँ रहेको थियो । महालक्ष्मी विकास बैंकले भने आव २०७७/०७८ मा ७३ करोड २९ लाख १६ हजार दुई सय ७० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ रहेको थियो । आव २०७७/०७८ मा बढी नाफा कमाउने विकास बैंकहरुमा कामना सेवा विकास बैंक पनि अगाडि देखिएको छ । कामनाले यस अवधिमा ७० करोड दुई लाख ४० हजार चार सय एक रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने कामनाको यस्तो नाफा ११ करोड ९७ लाख १९ हजार तीन सय २८ रुपैयाँ मात्र रहेको थियो ।

लुम्बिनी विकास बैंकले पनि आव २०७७/०७८ मा ५१ करोड ६२ लाख ८८ हजार एक सय ६१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा लुम्बिनीको यस्तो नाफा ३७ करोड ८५ लाख ६० हजार आठ सय २४ रुपैयाँ रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले भने आव २०७७/०७८ मा ४१ करोड ६९ लाख ३० हजार पाँच सय ८६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सांग्रिलाको यस्तो नाफा १९ करोड १० लाख ९७ हजार आठ सय १३ रुपैयाँ रहेको थियो ।

मितेरी डेभलपमेन्ट बैंकले भने आव २०७७/०७८ मा १५ करोड ५३ लाख ५० हजार ७६ रुपैयाँ मात्र खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो मुनाफा अघिल्लो आवको तुलनामा झण्डै दुई करोड रुपैयाँले कम हो । अघिल्लो आवमा मितेरीको यस्तो नाफा १७ करोड ९१ लाख ४१ हजार चार सय ४६ रुपैयाँ रहेको थियो । एक्सेल डेभलपमेन्ट बैंकले भने आव २०७७/०७८ मा १३ करोड ७० लाख ५४ हजार एक सय ३२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा एक्सेलको यस्तो नाफा १० करोड ३६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकले पनि आव २०७७/०७८ मा छ करोड १९ लाख ३८ हजार चार सय ७६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सप्तकोशीको यस्तो नाफा तीन करोड दुई लाख ३८ हजार तीन सय ८२ रुपैैयाँ रहेको थियो । कर्णाली डेभलपमेन्ट बैंकले भने आव २०७७/०७८ मा पाँच करोड आठ लाख ७७ हजार दुई सय ४८ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा कर्णालीको यस्तो नाफा नौ लाख ९६ हजार रुपैयाँ मात्र रहेको थियो । सिन्धु विकास बैंकले पनि आव २०७७/०७८ मा तीन करोड १८ लाख ९५ हजार ७६ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा सिन्धुको यस्तो नाफा एक करोड ६६ लाख ७१ हजार दुई सय ५२ रुपैयाँ रहेको थियो । सहारा विकास बैंकले भने आव २०७७–०७८ मा एक करोड ८९ लाख ५० हजार पाँच सय ८१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सहाराको यस्तो नाफा एक करोड २५ लाख ८७ हजार तीन सय ४३ रुपैयाँ रहेको थियो । ग्रिन डेभलपमेन्ट बैंकले भने आव २०७७–०७८ मा एक करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा ग्रिनको यस्तो नाफा एक करोड २५ लाख दुई हजार तीन सय ७५ रुपैयाँ रहेको थियो ।

आव २०७७/०७८ मा कर्पोरेट डेभलपमेन्ट बैंकले भने ५४ लाख ८८ हजार आठ सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा १२ करोड ६५ लाख ३२ हजार पाँच सय १८ रुपैयाँ रहेको थियो । आव २०७७/०७८ मा नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा भने एक करोड आठ लाख तीन हजार रुपैयाँले ऋणात्मक देखिएको छ ।

Open Photo

Open Photo

धितोपत्र व्यवसाय गर्ने अनुमति दिन विकास बैंकहरुको माग
काठमाडौं । विकास बैंकहरुले पनि आफ्नो सहायक कम्पनीहरुमार्फत धितोपत्र व्यवसाय गर्न अनुमति दिनुपर्ने माग अगाडि सारेका छन् । विकास बैंकहरुले आफ्नो छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसन नेपालको नाउँमा विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् ।

Open Photo

एसोसिएसनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानुनबमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिनसक्नेछ भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा प्रचलित कानुनबमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ भन्ने व्यवस्थाअनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरुमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिनका लागि आग्रह गरेको छ ।

विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिई बैंकिङ सेवा प्रदान गर्दछन् । राष्ट्रियस्तरका विकास बैंकहरुको औसत चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ नाघिसकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरुलाई बैंकिङ सेवा प्रदान गर्दै तीन लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तै गरी, २०७८ असार मसान्तसम्ममा चार खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी तीन खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी पनि एसोसिएसनले दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x