Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुन्डी कारोबार गरेको आशंकामा तीन जना पक्राउ, ८५ लाख बरामद

हुन्डी कारोबार गरेको आशंकामा तीन जना पक्राउ, ८५ लाख बरामद


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले हुन्डी कारोबार गरेको आंशकामा काठमाडौंको न्युुरोडबाट तीन जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार कोइरालाका अनुसार स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँ नगदसहित मंगलबार ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

मंगलबार अन्दाजी १ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. २२ खिचापोखरीस्थित बारा सिमरा उपमहानगरपालिका वडा नं २ घर भई हाल काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेलले बोकेको झोलामा अवैध रकम ३१ लाखसहित शंकास्पद अवस्थामा फेला पारिएको थियो । सोपश्चात् पौडेललाई नियन्त्रणमा लिई वृत्त जनसेवामा ल्याई प्रारम्भिक सोधपुछ गर्दा पौडेलले उक्त रकम रिन्कु भन्ने अभिशेष अग्रवालले दिएको बयान दिएका थिए ।

त्यसपछि अग्रवाललाई खोजी गर्दै जाँदा काठमाडौं महानगरपालिका वडा नं २४ फसिकेवस्थित राजेन्द्र स्थापितको घरमा उनले सञ्चालन गरेको होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडमा थप रकम फेला पारेको प्रहरीले जनाएको छ । निजको साथबाट ५४ लाख ५६ हजार फेला परेको थियो । त्यसपछि सोधपुछ गर्दा उक्त रकमको स्रोत खुलाउन नसकेको हुँदा कामदार मधुसुधन खड्कासहित उनीहरुले समानान्तर बैंकिङ कारोबार (हुन्डी) गरेको आशंका गरिएको छ । पक्राउ परेका तीनै जनालाई वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक कोइरालाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x