विवादित हुँदै निस्किए नेप्सेका प्रमुख कार्यकारी साउद
काठमाडौं । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद विवादित हुुँदै सेयरबजारको व्यवस्थापकीय निकायबाट बाहिरिएका छन् । उनले मंगलबार अर्थ मन्त्रालयसमक्ष नेप्सेको प्रमुख कार्यकारी पदबाट राजीनामा बुझाएका हुन् ।
तत्कालीन समयमा नेपाल इन्स्योरेन्स कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृत रहेका साउद त्यहाँबाट बाहिर निस्किँदा पनि निकै विवादित बनेका थिए । त्यसपछि केही महिना खाली बसेर नेप्सेको प्रमुख कार्यकारी अधिकृत बनेका साउदको कार्यकाल नेप्सेमा पनि विवादरहित बन्न सकेन ।
उनले पदावधि कायम नै रहेको अवस्थामा मंगलबार राजीनामा दिएका हुुन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा इन्साइडर टे«डिङ गरेको, आफू र आफ्नो परिवारका सदस्यहरुको नाउँमा सेयर किनेको अनधिकृतरुपमा आफ्नो नाउँमा दोस्रो कम्पनी खडा गरेर सेयर किनबेच गर्ने गरेको लगायतको अभियोग साउदमाथि लागेको थियो ।
उक्त अभियोगपछि साउदले लागेको अभियोगका बारेमा अर्थ मन्त्रालय र संसदको अर्थ समितिमा पनि सो विषयले प्रवेश पाएको थियो । यहीबीचमा अर्थ मन्त्रालयले साउदलाई सर्वोत्तम सिमेन्टको सेयर खरिदबारे भएको इन्साइडर ट्रेडिङको विषयमा स्पष्ट जवाफ माग गरेको थियो भने अर्थ समितिले पनि उक्त प्रकरणको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
अर्थ समितिको उक्त निर्देशनपछि कारबाहीको चौतर्फी घेरामा पर्नसक्ने सम्भावित डरका कारण नै प्रमुख कार्यकारी साउदले मंगलबार अकस्मात् राजीनामा दिएका हुुन् । उनले सोही दिन अर्थ मन्त्रालयमा राजीनामापत्र बुुझाएका थिए । सो पश्चात् पत्रकार सम्मेलन गरी प्रमुुख कार्यकारी साउदले आफूले नेप्सेको प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएको घोषणा औपचारिकरुपमा सार्वजनिक गरेका थिए ।
उक्त प्रकरणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँगै साउदलाई पनि कारबाही गर्न संसद्को अर्थ समितिले निर्देशन दिएको दियो । सर्वोत्तम सिमेन्टको सेयर खरिदमा भएको अनियमितताको विषयमा छानबिन गर्दै दोषका आधारमा कारबाही गर्न संसद्को अर्थ समितिले शुुक्रबार निर्देशन दिएको थियो ।
पुँजीबजारका नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक नियामक निकायका प्रमुखहरूले ‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसद्को अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा जानकारी दिँदै दोषका आधारमा कारबाही गरिने जानकारी दिएका थिए । अर्थ समितिमा जवाफ पेस गर्दै अर्थमन्त्री शर्माले भनेका थिए, ‘यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ ।
आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै विषयमा धितोपत्र बोर्डको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू सार्वजनिक भए । नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवारभित्रै सेयर खरिदबिक्रीका ठूला–ठूला कारोबार भएका खबरहरू सार्वजनिक भए । त्यसलगत्तै अर्थ मन्त्रालयको ध्यानाकर्षित भयो ।’
‘धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि पत्राचार गरिएको र त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ’, अर्थमन्त्री शर्माले भनेका थिए ।
सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्यतथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउने र सो अनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्ने भन्दै अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र स्टक एक्स्चेन्जलगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्यतथ्य बाहिर ल्याउने कुरा बताएका थिए । तर अर्थमन्त्री शर्माले सो घटनाबारे जानकारी सार्वजनिक गर्नुपूर्व नै नेप्सेका प्रमुख कार्यकारी साउदले राजीनामा दिएका छन् । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने सो विषयमा अहिलेसम्म कुनै ठोस प्रतिक्रिया दिएका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया