Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ मा कृषि कर्जा २६ प्रतिशतले बढ्यो

प्रदेश २ मा कृषि कर्जा २६ प्रतिशतले बढ्यो

दुुई खर्ब १८ अर्ब निक्षेप संकलन गरी तीन खर्ब आठ अर्ब कर्जा प्रवाह


काठमाडौं , भदौ १३ 

नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी प्रदेश २ को प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले प्रदेश २ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार प्रदेश २ मा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाह भएको कर्जा २६ दशमलव एक प्रतिशतले बढेर ३४ अर्ब ८४ करोड पुगेको छ । गत वर्र्षको सोही अवधिमा यस्तो कर्जा २७ अर्ब ६५ करोड रहेकोे थियो । दुई दशमलव छ सहुलियतपूर्ण कर्जा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा एक सय ३५ दशमलव ६२ प्रतिशतले वृद्धि भई आठ अर्ब ५७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा तीन अर्ब ६३ करोड रहेको थियो । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी २१ दशमलव २२ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम चार दशमलव ३२ प्रतिशत सप्तरी जिल्लामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रदेश २ मा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा छ दशमलव ६८ प्रतिशतले वृद्धि भई ९३ अर्ब २८ करोड पुगेको छ । गत आर्थिक वर्र्षको यसै अवधिमा यस्तो कर्जा ८७ अर्ब ४४ करोड रहेको थियो । क्षेत्रगत औद्योगिक कर्जाअन्तर्गत उक्त प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१ दशमलव ३३ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २२ दशमलव ८६ प्रतिशत, निर्माण उद्योगतर्फ १९ दशमलव ४३ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामानतर्फ पाँच दशमलव २५ प्रतिशत, खानी उद्योगतर्फ शून्य दशमलव ६१ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ५३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा खानीतर्फको कर्जामा १२ दशमलव १० प्रतिशत र गैर–खाद्यवस्तु उत्पादनतर्फको कर्जामा पाँच दशमलव ५६ प्रतिशतले कमी आएको छ भने धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स, विद्युत् ग्यास तथा पानी र कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फको कर्जामा क्रमशः ५० दशमलव ६४ प्रतिशत, ४७ दशमलव ४० प्रतिशत र १८ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, निर्माणतर्फको कर्जा प्रवाह गत वर्षको तुलनामा समीक्षा अवधिमा २५ दशमलव ३१ प्रतिशतले वृद्धि भई १८ अर्ब १२ करोड रुपैयाँ पुुगेको प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय सेवा समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु प्रदेश नम्बर २ रहेको कुल शाखा संख्या छ सय ४३ रहेको छ भने बंैकिङ सेवामा कार्यरत कर्मचारीहरुको संख्या चार हजार दुई सय ३७ जना रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ५६ प्रतिशतले वृद्धि भई दुुई खर्ब १८ अर्ब १९ करोड पुगेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आए पनि विप्रेषण आप्रवाहमा भएको वृद्धि, अनौपचारिक सीमा व्यापारमा आएको कमी, वित्तीय पहुँच अभिवृद्धि आदिका कारण निक्षेप परिचालनमा विस्तार आएको देखिन्छ । ‘समीक्षा अवधिमा यो क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले तीन खर्ब आठ अर्ब ९४ करोड कर्जा प्रवाह गरेका छन् जुन गत वर्षको यसै अवधिको तुलनामा १४ दशमलव २२ प्रतिशतले बढी हो’, प्रतिवेदनमा भनिएको छ । राष्ट्र बैंकका अनुसार यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल एटीएम संख्या पाँच सय ६९ पुगेको छ ।

सेवा क्षेत्र कर्जा समीक्षाअन्तर्गत यो प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा क्षेत्रतर्फ भएको कुल कर्जा २८ दशमलव २८ प्रतिशतले वृद्धि भई एक खर्ब २२ अर्ब ३८ करोड पुगेको छ । गत आर्थिक वर्र्षको यसै अवधिमा यस्तो कर्जा ९५ अर्ब ४० करोड पुगेकोे प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x