Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटेलिकमको फोरजीमा अर्बौ घोटाला गर्ने हुवावेले फाइभजीको परीक्षण गर्दै

टेलिकमको फोरजीमा अर्बौ घोटाला गर्ने हुवावेले फाइभजीको परीक्षण गर्दै


काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमको फाइभजी सम्भावित प्रसारणको परीक्षण गर्ने अनुमति चिनियाँ कम्पनी हुवावेले नै पाएको छ । परीक्षण अनुमति पाएको हुवावेले नेपालमा फाइभजी प्रसारणको सम्भाव्यता अध्ययन एवं परीक्षण गर्नेछ । तर यो भनेको फाइभजीको प्रसारण नै चाहिँ होइन ।

हुवावे त्यही कम्पनी हो जसले नेपालमा फोरजी कार्यान्वयनको लागि १९ अर्बको ठेक्का पाएको थियो । फोरजी लागू गर्ने सन्दर्भमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा र नेपाल टेलिकमकी प्रबन्धनिर्देशक कामिनीराज भण्डारीबीच कार्यान्वयनको प्रक्रियाबारे मतभिन्नता भएपछि सरकारको दबाबमा प्रबन्धनिर्देशक राजभण्डारीले राजीनामा दिएकी थिइन् । तत्कालीन प्रबन्धनिर्देशक राजभण्डारीले फोरजी सञ्चालनका लागि नयाँ संरचनामा जानुपर्ने अडान लिएकी थिइन् र त्यसरी फोरजी चलाउन १९ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालिएको थियो ।
तर तत्कालीन केपी ओली सरकारका सञ्चारमन्त्री बाँस्कोटाले टेलिकमले यसअघि सञ्चालनमा ल्याएको थ्रिजीको संरचनालाई प्रयोग गरेर त्यसैमा प्रविधिको अपग्रेड गरी फोरजी सञ्चालन गर्न लगाएका थिए ।

सरकारको त्यो दबाब नमानेपछि राजभण्डारीलाई हटाएर सरकारले टेलिकमभित्रको वरीयतामा ५७औँ नम्बरमा रहेका कनिष्ठ कर्मचारी डिल्लीराम अधिकारीलाई प्रबन्धनिर्देशक बनाएर आफ्नो स्वार्थ पूरा गरेको थि

यो । त्यही कमजोर प्रविधिका कारण अहिले देशैभरि नेपाल टेलिकमको फोरजी सेवामा समस्या देखिएको हो । टेलिकमको नाउँमात्रको फोरजी सेवा सञ्चालन गर्ने ठेक्का पनि त्यही चिनियाँ कम्पनी हुवावेलाई दिइएको थियो र त्यसको नेपाली एजेन्ट दिनेशलाल श्रेष्ठ थिए । स्रोतका अनुसार त्यही बेला थ्रिजीलाई फोरजीमा परिणत गर्दा १९ अर्बको बजेटमा छ अर्ब मात्र सम्बन्धित क्षेत्रमा खर्च भएको र बाँकी रकम सत्ताधारीले नै दुरुपयोग गरेको बुझिएको छ । यसअघि यसैगरी एनसेलले फोरजी सेवा सञ्चालन गर्दा सात अर्ब रुपैयाँ खर्च गरेको थियो ।

प्राधिकरणले फोरजी सेवा सञ्चालनमा त्यति ठूलो लापरबाही गर्ने चिनियाँ कम्पनी हुवावेलाई नै फाइभजी सेवा सञ्चालनको परीक्षण अनुमति दिनुले फेरि उसैलाई फाइभजी सेवा सञ्चालनको ठेक्का पनि दिएर अर्को घोटाला गर्न लागेको आशंका गरिएको छ । यस विषयमा प्रश्न गर्दा टेलिकमका प्रवक्ता राजेश जोशीले हुवावेलाई नै फाइभजी सेवा सञ्चालनको ठेक्का दिने कुरा गलत भएको बताए ।

उनले भने फोरजीको सेवा विस्तार पाएको चिनियाँ कम्पनी हुवावे र जेटटीईले फोरजीको इन्स्टलेसन सकिन लाग्दा फाइभजीको टेस्टिङ गर्नुपर्ने सम्झौताबमोजिम हुवावेले टेलिकमले तोकेको कुनै चार ठाउँमा मात्र फाइभजीको टेस्टिङ गर्न लागेको बताए ।
फोरजी सेवा विस्तारको ठेक्का पाएको जेटटीईले कोर नेटवर्क र हुवावेले रेडियो नेटवर्कको काम गरेको र फाइभजीको टेस्टिङ भने संयुक्त रुपमा गर्ने र यो सम्झौता नै फाइभजी सेवा विस्तारको सम्झौता नभएर फाइभजी सेवा विस्तारको लागि छुट्टै टेन्डर हुने समेत प्रवक्ता जोशीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x