जताततै बैंकको शाखैशाखा
देशभर १० हजार छ सय ८३ बैंक तथा वित्तीय संस्थाका शाखा
काठमाडौँ ।सडक पूर्वाधारसहित अन्य विकास आयोजनाहरुको विकास, बढ्दो आर्थिक गतिविधिको कारण नेपालका गाउँ–गाउँमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको वृद्धिले मानिसका आर्थिक गतिविधिहरु बढी नै मात्रामा बैंकमार्फत हुनथालेको छ ।
पछिल्लो समयमा त वृद्धलगायतका सामाजिक सुरक्षाका भत्ता पनि अनिवार्य रुपमा बैंकबाट वितरण गर्नुपर्ने व्यवस्थाले गर्दा बैंकप्रति मानिसको विश्वास बढेको छ । यही मौकामा बैंकहरुले शाखा विस्तार गरी गाउँ–गाउँ पु¥याएका छन् । खासगरी सडक सञ्जाल पुगेका गाउँहरुमा बैंक स्थापना हुन खासै समस्या छैन ।
स्थानीय तहसँगै प्रहरी चौकीको पनि स्थापना हुँदा बैंकहरुको शाखा स्थापना हुनसकेको हो । यद्यपि अझै पनि तीनवटा स्थानीय तहमा बैंकको शाखा स्थापना हुन बाँकी छ । तर, स्थानीय तहमा बैंक नपुगेकै जिल्ला सदरमुकामहरुमा पनि दर्जन बढी बैंक तथा वित्तीय संस्थाका शाखा
स्थापित छन् ।
तीन स्थानीय तहमा बैंकका शाखा नपुगे पनि नेपाल राष्ट्र बैंकका अनुसार नेपालभर बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने १० हजार छ सय ८३ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार सात सय ५३, विकास बैंकहरुको एक हजार २३, फाइनान्स कम्पनीहरुको दुुई सय २२ र लघुुवित्त वित्तीय संस्थाहरुको चार हजार छ सय ८५ वटा शाखाहरु सञ्चालनमा छन् । राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा सात सय ५३ स्थानीय तहमध्ये सात सय ५० स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका हुुन् । सो अनुरुप अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी देखिएको छ ।
राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने २०७८ असार मसान्तसम्म एक सय ३३ वटा कायम भएको छ । सो अनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ७० वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ असार मसान्तसम्ममा कुुल दुुई सय २९ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ७१ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५८ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ को असार मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ । बागमती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ ।कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहहरुमा बैंकहरुको शाखा पुगेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया