Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप तीन अर्ब ३० करोडको साधारण सेयर आउँदै

थप तीन अर्ब ३० करोडको साधारण सेयर आउँदै


काठमाडौँ ।एक दर्जन कम्पनीहरुको तीन अर्ब ३० करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको प्रक्रियामा छ । नेपाल धितोपत्र बोर्डका अनुसार लघुवित्त, बीमा कम्पनी र जलविद्युुत्सहितका १३ कम्पनीको तीन अर्ब ३० करोड ९४ लाख २७ हजार नौ सय रुपैयाँबराबरको दुुई करोड ६३ लाख ७४ हजार दुुई सय ७९ कित्ता साधारण सेयर बिक्री प्रक्रियामा रहेको हो ।

सोमध्ये सयपत्री हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीहरुको लागि नौ करोड रुपैयाँबराबरको नौ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । अपरसोलुु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि ३३ करोड सात लाख ५० हजार रुपैयाँबराबरको ३३ लाख सात हजार पाँच सय कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ । यसैगरी अपर हेवाखोला हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणको लागि २० करोड रुपैयाँ रुपैयाँबराबरको २० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि बोर्डसमक्ष अनुुमति माग गरेको छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

दोर्दी खोला जलविद्युुत् कम्पनीले पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि २९ करोड ५१ लाख ९२ हजार नौ सय रुपैयाँबराबरको २९ लाख ५१ हजार नौ सय २९ कित्ता साधारण सेयर जारी गर्नको लागि धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नेष्डो समृद्धि लघुुवित्त वित्तीय संस्थाले पनि आठ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार इमर्जिङ नेपाल लिमिटेडले पनि पाँच करोड ५६ लाख ६० हजार रुपैयाँबराबरको पाँच लाख ५५ हजार छ सय कित्ता साधारण सेयर जारी गर्नको लागि आवेदन दिएको छ ।

उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । जाल्पा सामुदायिक लघुुवित्त वित्तीय संस्थाले पनि पाँच करोड २२ लाख रुपैयाँबराबरको पाँच लाख २२ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गरेको छ । संस्थाको सेयर बिक्री प्रबन्धकमा प्रभुु क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डका अनुसार राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाले पनि आठ करोड ८५ लाख रुपैयाँबराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गरेको छ । उक्त संस्थाको सेयर बिक्री प्रबन्धकको रुपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । मोलुङ हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने अनुुमति माग गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । यसैगरी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय १२ रुपैयाँ प्रिमियम थप गरी अधिक मूल्य दुुई सय १२ रुपैयाँ रहने गरी एक अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकको रुपमा भने सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डका अनुसार उपकार लघुुवित्त वित्तीय संस्थाले पनि दुई करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ६६ हजार दुई सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । रिभर फल्स पावरले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणको लागि ३४ करोड ३० लाख रुपैयाँबराबरको ३४ लाख ३० हजार कित्ता साधारण जारी गर्नको लागि अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा प्रभुु क्यापिटल लिमिटेड रहेको छ । यसैगरी थ्रि स्टार हाइड्रोपावर लिमिटेडले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणको लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको १३ लाख ३१ हजार पाँच सय कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x