Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक वर्षमा दुुई खर्ब २४ अर्ब आन्तरिक ऋण परिचालन

एक वर्षमा दुुई खर्ब २४ अर्ब आन्तरिक ऋण परिचालन

ऋण १७ खर्ब २८ अर्ब २५ करोड


काठमाडौँ ।सरकारले एक वर्षमा दुुई खर्ब रुपैयाँभन्दा बढीको आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी एक वर्षको अध्ययन प्रतिवेदनअनुसार सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा कुुल दुुई खर्ब २४ अर्ब एक करोड रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन गरेको हो ।

प्रतिवेदनअनुसार सो अवधिमा सरकारले ३६ अर्ब ९० करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । सोही आधारमा आज २०७७÷०७८ मा सरकारले एक खर्ब ८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन देखिएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको चार दशमलव चार प्रतिशत हो । यस अवधिमा सरकारले एक खर्ब २७ अर्ब १८ करोड बाह्य ऋण परिचालन गरेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण नौ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण आठ खर्ब अर्ब ३२ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १७ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । आव २०७७÷०७८ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४० दशमलव पाँच प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात ३६ दशमलव पाँच प्रतिशत रहेको थियो । सोही आधारमा २०७८ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च एक खर्ब ८८ अर्ब ७५ करोड रुपैयाँ छ । यस अवधिमा प्रदेश सरकारको स्रोतप्राप्ति एक खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी एक खर्ब १८ अर्ब ५९ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ४१ अर्ब ३६ करोड परिचालन गरेका छन् । आर्थिक वर्ष २०७८÷०७९ का लागि विभिन्न प्रदेश सरकारहरुले कुलमा दुई खर्ब ६१ अर्ब ८७ करोडको बजेट प्रस्तुत गरेका छन् । उक्त बजेटको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात पाँच दशमलव चार प्रतिशत छ ।अघिल्लो वर्ष प्रदेश सरकारहरुले कुल दुई खर्ब ६४ अर्ब २१ करोडको बजेट प्रस्तुत गरेका थिए । कुल आन्तरिक कर्जा भने आव २०७७÷०७८ मा २६ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्ष उक्त कर्जा १३ दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x