Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहानगरले लेखापरीक्षक नियुक्ति गर्दा आर्थिक चलखेल गरेको खुलासा

महानगरले लेखापरीक्षक नियुक्ति गर्दा आर्थिक चलखेल गरेको खुलासा


विराटनगर, माघ १३
विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुनविपरीत दोहोरो सुविधा लिएको रहस्य खुलेसँगै विराटनगर महानगरपालिकाका मेयर र उपमेयर समेत विवादमा तनिएका छन् । विराटनगर महानगरपालिकाको राजस्व महाशाखा प्रमुखसमेत रहेका राजेन्द्र प्रधानले नियम कानुनविपरीत महानगपालिकाकै दुई विद्यालयहरूमा लेखापरीक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको रहस्य खुलेपछि निजको लेखापरीक्षक नियुक्ति विवादमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा (इन्दु) कार्की समेत विवादित बन्न पुगेका छन् ।

प्रधानले सरकारी ऐन नियमको धज्जी उडाउँदै महानगरपालिकाको शिक्षा शाखादेखि मेयर उपमेयरलाई समेत प्रभावमा पारी नियुक्ति लिएको तथ्य सार्वजनिक भएको छ । २०७० सालदेखि आफ्नो मातहतमा रहेका सार्वजनिक संस्थामा बहालवाला कर्मचारीलाई लेखापरीक्षण गर्न रोक लगाइएको छ । महानगरपालिका मातहतमा नै सञ्चालन हुँदै आएका सार्वजनिक विद्यालयमा आफू कार्यरत क्षेत्रकै विद्यालय वा अन्य संस्थामा लेखापरीक्षण गरे आर्थिक अनियमिमता हुने भएकाले कर्मचारीलाई लेखापरीक्षणमा रोक लगाइएको सामान्य हेक्कासमेत नराखी मेयर र उपमेयरले आफ्नै कर्मचारीलाई लेखापरीक्षण गर्न सिफारिस गरेको रहस्य खुलेपछि अहिले दुवै विवादित बन्न पुगेका छन् । यो घटनामा विराटनगर महानगरपालिकाका मेयर पराजुली र उपमेयर कार्कीको संमलग्नताले जटिल मोड लिएको कुरा जानकाहरूले बताएका छन् ।

आफू कार्यरत रहेको संस्थाअन्र्तगतको लेखापरीक्षण गर्नु नै परेको खण्डमा पनि सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने व्यवस्था रहेको कुरा प्रदेश १ का अडान अध्यक्ष विजयहरि शर्माले जानकारी दिएका छन् । तर, महानगरका कर्मचारी राजेन्द्र प्रधानले त्यसो नगरी लेखापरीक्षकको नियुक्ति लिएका हुन् । प्रधान आर एण्ड एसोसिएटको फर्मबाट राजेन्द्र प्रधानलाई विराटनगरको जनपथ मावि र मदरसा फैजुनवि आविको लेखापरीक्षकमा नियुक्त गरिएपछि प्रधानसहित मेयर पराजुली र उपमेयर कार्की विवादित बन्न पुगेका हुन् ।

विराटनगर महानगरपालिकाले विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयहरूको लेखापरीक्षण गर्नका लागि ५० जना लेखापरीक्षक नियुक्ति गरेको थियो । महानगरअन्तर्गत नै सञ्चालनमा रहेको विद्यालयहरूमा महानगरकै कर्मचारीले लेखापरीक्षकको नियुक्ति पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरूको दाबी छ । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको हो ।

प्रधानको लेखापरीक्षकको नियुक्तिमा पनि मोटो रकम चलखेल गरेको श्रोतले बताएको छ । स्रोतका अनुसार एक जना लेखापरीक्षकको नियुक्तिका लागि तीन हजारदेखि पाँच हजारसम्म रकम लिएको दाबी अहिले गर्न थालिएको छ । यो हिसाबले कुल ५० लेखा परीक्षक नियुक्तिमा महानगरमा आसिन मेयरदेखि उपमेयरसम्मका सहयोगीहरूले मोटो रकमको चलखेल गरेर दाहोरो सुविधा लिने गरी धेरै लेखापरीक्षकको नियुक्ति गराएको दाबी साभारस्रोतले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x