Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज पुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी

आज पुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी


काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गते अर्थात् आज सोमबार पुनः ११ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही भदौ २८ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी असोज ५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब २३, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीीहरुको परिपक्व हुने अवधिहरु क्रमशः २०७८ पुस ६ गते, २०७८ चैत ८ गते र २०७९ असोज ४ गते तोकिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x