Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअडिटरको मृत्युपछि प्रहरीको निगरानीमा उद्योगी राठी

अडिटरको मृत्युपछि प्रहरीको निगरानीमा उद्योगी राठी


शंकर लुइँटेल
विराटनगर, माघ १४
आन्तरिक राजस्व कार्यालयमा बुझाउने व्यवसायी कारोबार हेर्दै गरेका विराटनगरका अडिटर प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मोरङका एक प्रतिष्ठित उद्योगी तथा व्यापारीमाथि सुक्ष्म छानबिन सुरु गरेको छ । विराटनगर महानगरपालिकासँगै रहेको शनिहाटका सांग्रिला रेडिमेट इण्डिष्ट्रिज प्रालिका सञ्चालक नन्दकिशोर राठी र उर्लाबारी मोरङगका व्यापारी अनिल महेश्वरी चाण्डकमाथि मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको हो । चाण्डक पूर्वमिस नेपाल निकिता चाण्डकका पिता समेत रहेका छन् ।

अडिटरको मृत्यु हुनुपूर्व यी उद्योगी र घिमीरेले एकैसाथ विराटनगरका विभिन्न होटलमा पुगी मदिरा सेवन गरेको रहस्य पनि अहिले आएर खुलेका छ । विराटनगर महानगरपालिका २ निवासी अडिटर प्रवल घिमिरेको गत हप्ताको मंगलबार बिहान स्थानीय सिंघीया खोलामा मृत अवस्थामा शव भेटिएको थियो । उनी आठ वर्षयता लेखापरीक्षकको काम गर्दै आएका थिए । समाचारस्रोतका अनुसार घिमिरे गत हप्ताको सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेको कुरा थाहा भएको छ । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको रहस्य पनि अहिले आएर खुलेको छ । तर, मंगलबार बिहान उनको शव खोलामा भेटिएपछि अहिले परिवारमा घटना सुनियोजित भएको आशंका बढेर गएको कुरा स्रोतले दाबी गरेको छ ।

सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका नन्दकिशोर राठी र अनिल चाण्डकमाथि मोरङ प्रहरीले अनुसन्धान गरिरहेको कुरा थाहा भएको छ । अडिटर घिमिरेको साथमा रहेको मोबाइल पनि हराएका कारण घटना अझै शंकास्पद बन्न पुगेको कुरा प्रहरीस्रोतले बताएको छ । उद्योगी व्यापारीहरूलाई प्रहरीले निगरानीमा राखी अनुसन्धान गरिहेको छ । साथै उनीहरूको मोबाइलको कल डिटेलसमेत अनुसन्धानको लागि प्रहरीले मगाएको कुरा थाहा भएको छ । विराटनगर बजारक्षेत्रको सडकमा जडान गरिएका सीसी क्यामेरा फुटेजबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x