Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीद्वारा भदौमा ३४ करोड २८ लाख ६० हजार ९७ रूपैयाँ राजस्व संकलन

प्रहरीद्वारा भदौमा ३४ करोड २८ लाख ६० हजार ९७ रूपैयाँ राजस्व संकलन


काठमाडौं । नेपाल प्रहरीले भदौ महिनामा ३४ करोड २८ लाख ६० हजार ९७ रूपैयाँ राजस्व संकलन गरेको छ । प्रहरीले आर्थिक वर्ष २०७८/०७९ को भदौ महिनाको मासिक कार्यप्रगति विवरण सार्वजानिक गर्दै विभिन्न शीर्षकमा उक्त रकम राजस्व स्वरूप संकलन भएको जनाएको छ ।

प्रहरीका अनुसार गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये तीन हजार छ सय ८३ जना पक्राउ परेका छन् भने एक हजार एक सय ४३ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरू ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ । उक्त महिनामा दर्ता भएका कुल तीन हजार नौ सय आठवटा अपराधमा चार हजार आठ सय २६ अभियुक्तहरू संलग्न रहेका थिए । उनीहरूमध्ये चार हजार चार सय ९१ पुरुष र तीन सय ३५ महिला रहेका छन् ।

अदालतबाट सजाय तोकिएकामध्ये एक हजार चार सय ४४ जना फरार प्रतिवादीहरू भदौ महिनामा पक्राउ परेका छन् । उनीहरूलाई छ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत बिगो रकम छ करोड ७१ लाख ३५ हजार छ सय ९७ रूपैयाँ असुल भएको छ । यस्तै भदौ महिनामा भएका एक हजार सात सय ९८ वटा सवारी दुर्घटनामा परी एक सय ७० जनाको मृत्यु भएको छ भने पाँच सय १५ जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रतिदिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्यांकले देखाएको छ ।

उक्त महिनामा कुल तीन सय चारवटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा चार सय ७५ जना मानिसहरू पक्राउ परेका छन् । साथै ७९० किलो गाँजा, ३६ दशमलव २ किलो चरेश, सात सय ५४ ग्राम र हेरोइन दुई किलो अफिम र दुई दशमलव ९६ किलो कोकिन बरामद भएको छ । भदौ महिनामा ४८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने २० राउन्ड गोली र तीन थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियारसहित २६ जना पक्राउ परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x