सेयर लगानीकर्ता अग्रवाललाई कारबाही माग गर्दै धितोपत्र बोर्डमा उजुरी
काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई कारबाही गर्न माग गर्दैै धितोपत्र बोर्डमा उजुरी दर्ता भएको छ । अग्रवालले सेयर बजार सुधारको लागि आन्दोलन गरेको बहानामा सेयरबजारमा चलखेल गरी आफ्नो अनुकूल हुुने गरी फाइदा लिन खोजेको भन्दै बोर्डमा उनीविरुद्ध उजुरी दर्ता भएको हो ।
बोर्ड स्रोतका अनुसार अग्रवालविरुद्ध कारबाहीको माग गर्दै बेनामी उजुरी परेको छ । विगत केही हप्तादेखि लगानीकर्ताको नाममा एक समूह आन्दोलन र सहमति भन्दै सेयर बजारमा उच्च चलखेल गर्दै आएको छ । ‘कहिले राष्ट्र बैंक, सेबोन त कहिले अर्थमन्त्री अनि कहिले अर्थमन्त्रीले गभर्नरलाई फोन गरे जस्ता आधारहीन विषयले समग्र नेप्सेले ठूलो उत्तरचढाव व्यहोरेको छ’, उजुरीमा भनिएको छ ।
दिपेन्द्र अग्रवालले अग्रसरता लिई बनाएको सो समूहको आक्रोश बजारबाट लाभ लिन नसकेको र आफूहरुले बनाएको योजनाअनुसार अरुलाई उच्च मूल्यमा सेयर बेच्न नसकेको स्पष्ट रुपमा देखिन्छ । अग्रवाल आफैँमा आक्रामक सट्टेबाजी हुन् । क्लबहाउसमा उनको थुप्रै व्यक्तिसँग भनाभन र झगडा परेको छ । यसरी बजारमा आन्दोलन र सहमति भन्दै उपयुक्त समयमा आफूसँग भएको ठूलो सेयर उच्च मूल्यमा बेच्न प्रयासरत मानिसहरुको डिम्याट एकाउन्ट छानबिन गरी ट्रेडिङ एकाउन्ट बन्द गरेर मात्र वार्ता र सहमतिमा आउन नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिसमक्ष उजुरीकर्ताले माग गरेका छन् । अन्यथा पहुँच नभएका, आन्दोलनमा सहभागी नभएका सोझा लगानीकर्ता फस्ने निश्चित रहेको उजुरीमा उल्लेख छ ।
‘यता वार्ता सफल भयो भन्ने उता आफूसँग भएको सेयर धमाधम बेच्ने प्रवृत्ति कहिलेसम्म हावी हुन दिने ?’, उजुरीमा भनिएको छ, ‘साथै पछिल्लो समयमा धितोपत्र बोर्डले बजार सुधार र स्थायित्वको लागि गरेको कामहरुको स्वागत गर्दै धन्यवाद प्रकट गर्छ । आन्दोलनरत समूह र तिनका अगुवाले गरेका कुकार्य र विभिन्न सञ्चारमाध्यममा आएका समाचार यसै पत्र साथ संलग्न गरेर पठाएको छु । फेरि पनि उचित छानबिनसहित कारबाहीका लायक मानिसहरुलाई सजायको भागेदार बनाइयोस् । धन्यवाद।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया