लगानीमा रहेको पुनर्कर्जा एक खर्ब १८ अर्ब नाघ्यो
एक लाख ११ हजार चार सय ७१ ऋणले लिए सहुलियतपूर्ण कर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा एक खर्ब १८ अर्ब ४९ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अवधिमा एक लाख ११ हजार चार सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सोमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार चार सय ९८ ऋणीलाई प्रवाह भएको एक खर्ब १२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ६० हजार तीन सय २२ महिला उद्यमीलाई प्रवाह भएको ५५ अर्ब ७९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार छ सय ५१ ऋणीको तीन अर्ब ६४ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा एक अर्ब स्वीकृत भएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को लागि साधारणतर्फ ११ हजार दुई सय ९६ जनाको ऋणको लागि ९८ अर्ब ७५ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको थियो । यसैगरी चालू आवको साउन मसान्तसम्ममा भने ११ जना ऋणाीको लागि एक अर्ब ११ करोड ७० लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ । आव २०७७/०७८ मा विशेष पुनर्कर्जाअन्तर्गत २०४० ऋणीको लागि १४ अर्ब ६२ करोड रुपैयाँ स्वीकृत भएको छ ।
चालू आवको साउन मसान्तमा भने यो शीर्षकअन्तर्गत तीन जना ऋणीको लागि ४५ करोड ५० लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । लघुु, घरेलु तथा साधा उद्यम शीर्षकअन्तर्गत भने आव २०७७/०७८ ३५ हजार पाँच सय ५४ जना ऋणीको लागि ३५ अर्ब ३८ करोड रुपैयाँ स्वीकृत भएको छ । राष्ट्र बैंकका अनुसार यी सबै गरी आव २०७७-०७८ सम्ममा कुल ४८ हजार आठ सय ९० जना ऋणाीको लागि एक खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको थियो । २०७८ साउन मसान्तमा भने कुल १४ जना ऋणीको लागि एक अर्ब ५७ करोड २० लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी राष्ट्र बैंकले चालू आवको पहिलो महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब तरलता प्रशोचन भएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा रिपोमार्फत चार अर्ब छ करोड र स्थायी तरलता सुविधामार्फत ५५ अर्ब ५५ करोड गरी कुल ५९ अर्ब ६२ करोड तरलता प्रवाह गरिएको छ । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर पाँच करोड ९५ लाख खुद खरिद गरी सात अर्ब आठ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४३ करोड ५७ लाख खुद खरिद गरी ५२ अर्ब १९ करोड तरलता प्रवाह गरिएको थियो ।
यसैगरी चालू आवको पहिलो महिनामा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५० अर्बबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड बिक्री गरी ३८ अर्ब ३७ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया