विदेश पठाउने नाममा एक वर्षमै ४१ करोड ठगी
प्रवीण राउत
काठमाडौं, माघ १५
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा विदेश जाने नाममा युवाहरु ठगिने क्रम रोकिन सकेको छैन । चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो छ महिनामा अर्थात् साउन देखि पुससम्ममा गरी युवाहरुलाई विदेश पठाउने भन्दै संस्था अर्थात् मेनपावर तथा व्यक्तिहरुले ४१ करोड ३७ लाख ७२ हजार दुई सय ३४ रुपैयाँ ठगी गरेका छन् । यसमध्ये मेनपावरले २३ करोड ९१ लाख पाँच हजार एक सय ९३ तथा व्यक्तिले १७ करोड ४६ लाख ६७ हजार रुपैयाँ ठगी गरेका छन् । पीडित युवाहरुले मेनपावरमार्फत सो रकम ठगी भएको भन्दै सात सय ४८ वटा उजुरी दिएका छन् । यसमा व्यक्तिगततर्फ दुई सय ४६ वटा उजुरी परेको छ ।
उजुरी आएसँगै विभागले सो अवधिमा मेनपावरमार्फत जरिवाना र बिगोस्वरुप चार करोड ५४ लाख २८ हजार भराएको छ भने व्यक्तिगतर्फ भने बिगो भराएको छैन । व्यक्तिगततर्फको उजुरी वैदेशिक रोजगार न्यायाधिकरणले हेर्छ भने मेनपावर अर्थात् संस्थागत उजुरी भने विभागले हेर्छ । जसमध्ये विभागले निर्णय गरी मेनपावरलाई ५१ लाख ५० हजार जरिवाना भराएको छ । त्यस्तै, चार करोड दुई लाख ७८ हजार पाँच सय बिगो समेत भराएको छ । विभागले चार सय २७ वटा जाहेरी फरफारक तथा दुई सय ९२ वटा पुरानो उजुरी तामेली तीन सय ३१ वटा गरेको छ ।
पुस : चालू आवको पुस महिनामा मात्र मेनपावरले चार करोड ६१ लाख ८० हजार चार सय रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले विभिन्न मेनपावरविरुद्ध विभागसमक्ष एक सय सातवटा उजुरी दिएका छन् । उजुरी आएसँगै विभागले निर्णय गरी सात लाख रुपैयाँ मेनपावरलाई जरिवाना गराएको छ भने ३३ लाख १५ हजार बिगो समेत भराएको छ । यता व्यक्तिगततर्फ भने सोही महिनामा युवाहरुले एक करोड ९२ लाख ९५ हजार ठगी भएको भन्दै ३७ वटा उजुरी दिएका छन् । विभागले न्यायाधिकरणसमक्ष पुस महिनमा मात्र सात लाख ५७ हजार पाँच सय बिगो दाबी गर्दै उजुरी दिएको छ । यस्तै अदालतसमक्ष ठगीको १९ वटा मुद्दा दायर गरेको छ ।
मंसिर : मेनपावरले आफूहरुलाई ठगी गरेको भन्दै युवाहरुले मंसिरमा एक सय ३९ वटा उजुरी दिएका छन् भने पाँच करोड ५२ लाख ३८ हजार नौ सय रकम दाबी गरेका छन् । मंसिरमा भने विभागले निर्णय गरी र बिगो भराएको छैन । यता व्यक्तिगततर्फ भने मंसिरमा ३४ वटा उजुरी एक करोड ८७ लाख दुई हजार आठ सय ठगी भएको भन्दै युवाहरुले विभागसमक्ष उजुरी दिएका छन् । अदालतमा दायर मुद्रा संख्या २४ वटा रहेको छ। अदालतमा बिगो दाबी दुई करोड तीन लाख १२ हजार पाँच सय रहेको छ ।
कात्तिक : कात्तिक महिनमा मात्र मेनपावरले तीन करोड ७ लाख ९५ हजार पाँच सय ठगी गरेको भन्दै एक सय एकवटा उजुरी दिएका छन् । विभागले उजुरी आएसँगै ३२ वटा मेनपावरलाई तीन लाख जरिवाना गरेको छ भने २६ लाख ६५ हजार पाँच सय बिगो भराएको छ । व्यक्तिगततर्फ भने सोही समयमा ४१ वटा उजुरी दिएको छने भने तीन करोड ५० लाख २९ हजार दाबी गरेका छन् । अदालतमा १५ वटा मुद्दा दायर भएको छ भने दुई करोड ३७ लाख ५८ हजार सात सय बिगो दाबी गरिएको छ ।
असोज : असोजमा मेनापवरले आफूहरुलाई दुई करोड २८ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले विभागसमक्ष २५ वटा उजुरी दिएका छन् । विभागले सोही निवेदनलाई आधार मानी निर्णय गरी मेनपावरलाई पाँच लाख रकम जरिवाना गराएको छ भने ३३ लाख ८१ हजार रुपैयाँ बिगो भराएको छ । विभागबाट निर्णय भई जरिवाना गराइएको मेनपावरको संख्या भने पाँचवटा रहेको छ । विभागले युवाहरुलाई ठगी गरेको भन्दै १८ वटा मुद्दा अदालतमा दायर गरेको छ भने युवाहरुले एक करोड ३७ लाख ८६ हजार बिगो दाबी गरेका छन् ।
भदौ : युवाहरुले भदौमा पाँच करोड १२ लाख ६२ हजार सात सय रुपैयाँ ठगी गरेको भन्दै मेनपावरविरुद्ध एक सय ६७ वटा उजुरी विभागसमक्ष दिएका छन् । उजुरी आएसँगै विभागले मेनपावरलाई १९ लाख ५० हजार जरिवाना गराएको छ । त्यस्तै बिगोस्वरुप दुई करोड १३ लाख ९८ हजार तीन सय भराएको छ । यस्तै उसले १४ वटा संस्थाहरुलाई जरिवाना गराएको जनाएको छ । सोही समयमा युवाहरुले व्यक्तिहरुले तीन करोड १८ लाख ४७ हजार चार सय ठगी गरेको भन्दै विभागसमक्ष ४८ वटा उजुरी दिएका छन् भने विभागले अदालतसमक्ष ४० वटा मुद्दा दायर गरेको छ । यस्तै अदालतमा युवाहरुले बिगो दाबीस्वरुप दई करोड ८१ लाख ७८ हजार माग
गरेका छन् ।
साउन : साउनमा संस्थागततर्फ विभागसमक्ष युवाहरुले एक सय ४६ वटा ठगीसम्बन्धी उजुरी दिएका छन् । पीडित युवाहरुले उजुरीसँगै तीन करोड ५३ लाख ८८ हजार ७ सय ३२ रुपैयाँ दाबी समेत गरेका छन् । उजुरी आएसँगै विभागले मेनपावरमार्फत ७१ लाख ३८ हजार २ सय रकम बिगो भराएको छ । व्यक्तिगततर्फ भने सोही समयमा तीन करोड ८० लाख ४१ हजार बिगो दाबी गर्दै युवाहरुले विभागसमक्ष उजुरी दिएका छन् । विभागले युवाहरुलाई ठगी गरेको भन्दै २४ वटा मुद्दा अदालतमा दायर समेत गरेको छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवाहरु युरोपदेखि अफ्रिकासम्म जाने गरेका छन् । यसरी विभिन्न मुलुकमा राम्रो रोजगारीको प्रलोभनमा परी युवाहरुलाई मेनपावर तथा व्यक्तिहरुले ठगी गर्ने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया