सनम हत्या र ३८ क्विन्टल सुन काण्डमा संलग्न गोरेसहित छ जनालाई जन्मकैदको फैसला
मोरङ । जिल्ला अदालत मोरङले मंगलबार सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका ‘गरे’ भनिने चूडामणि उप्रेतीसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै, अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कोलाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तादार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिएका छन् ।
गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, ‘कृष्ण’ भनिने नरेन्द्र कार्की र ‘भोजे मामा’ भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजाय फैसला गरेको हो ।
मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ । जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया