बैंक तथा फाइनान्स कम्पनीहरुमा तीन करोड ७७ लाख नाघ्यो निक्षेप खाताको संख्या
काठमाडौँ । नेपालमा बैंक तथा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको निक्षेप खाताको संख्या तीन करोड ७७ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुुवित्त वित्तीय संस्थाबाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुुल ६२ वटा संस्थाको देशभर रहेका छ हजार १५ वटा शाखामा कुुल तीन करोड ७७ लाख ७० हजार नौ सय १५ वटा निक्षेप खाता सञ्चालनमा रहेको देखिएको हो ।
कुल खाता संख्यामध्ये केही भने निष्क्रिय खाता समेत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुको मात्र सातवटा प्रदेशअन्तर्गतका ७७ वटै जिल्लामा कुल चार हजार सात सय ६६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । ती सबैमा गरी कुुल निक्षेप खाताको संख्या तीन करोड २९ लाख ३७ हजार छ सय २२ रहेको राष्ट्र बैैंकको भनाइ छ ।
विकास बैंकहरुको भने देशभर एक हजार २३ वटा शाखाहरु सञ्चालनमा रहेकोमा ४३ लाख ३२ हजार तीन सय ७४ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको देखिएको छ । यसैगरी फाइनान्स कम्पनीहरुको भने देशभर दुई सय २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यी सबै शाखामा गरी कुुल पाँच लाख १० हजार नौ सय ८९ वटा निक्षेप खातााहरु सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय नेपालको जनसंख्याभन्दा बढी निक्षेप खाता सञ्चालन हुुनुमा एउटै व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोलिनुु प्रमुुख कारण रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।राष्ट्र बैंक स्वयंले पनि केही समयअघि एक व्यक्ति एक बैंक खाताको नीति ल्याएर कार्यान्वयन गरेका कारण पनि बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप खाता संख्या बढ्नु भनेको वित्तीय पहुँचसँगै बचत पनि बढ्नु हो । बचत बढ्नु भनेको लगानीको स्रोत पनि बलियो हुनु हो । यसर्थ निक्षेप खाता बढ्दा यसले मुुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने राष्ट्र बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैैंकका अनुसार बैंकिङ क्षेत्रमा कुुल कर्जा खाताको संख्या भने १७ लाख दुई हजार एक सय ९५ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाताको संख्या १३ लाख ६६ हजार चार सय ४२ वटा रहेको छ । यसबाहेकका विकास बैंकहरुमा भने कुुल तीन लाख छ सय ३१ वटा कर्जा खाताहरु सञ्चलनमा रहेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको साउन महिनासम्ममा फाइनान्स कम्पनीहरुमा भने कुल ३५ हजार एक सय २२ वटा कर्जा खाताहरु सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया