विकास बैंकहरूको कुल चुक्ता पुँजी ३२ अर्ब नाघ्यो
मुक्तिनाथको चुक्ता पुँजी सबैभन्दा बढी, नारायणी डेभलपमेन्टको सबैभन्दा कम
काठमाडौं । विकास बैंकहरुको कुल चुक्ता पुँजी ३२ अर्ब २३ करोड २० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंकहरुले उक्त चुक्ता पुँजी कायम गरेका हुन् ।
विकास बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको देखिएको छ भने सबैभन्दा कम चुक्ता पुँजी नारायणी डेभलपमेन्ट बैंकको देखिएको छ । चालू आवको साउन मसान्तसम्ममा मुक्तिनाथले चार अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्दा नारायणी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी भने १३ करोड १२ लाख ४५ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी ज्योति विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा तीन अर्ब ८४ करोड ४८ लाख ३३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा गरिमा विकास बैंकले भने यस अवधिमा तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा तीन अर्ब ४० करोड ८४ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यस अवधिमा महालक्ष्मी विकास बैंकले भने तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ ।
चालू आवको पछिल्लो अवधिमा लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, साँग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैकले भने क्रमशः दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार, दुई अर्ब ६५ करोड १९ लाख ६३ हजार, दुई अर्ब ७३ करोड ६९ लाख ७२ हजार र ८१ करोड १२ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यसैगरी सहारा विकास बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पुँजी भने क्रमशः ६६ करोड ६८ लाख, ५५ करोड ७४ लाख ५६ हजार, ५१ करोड ९० लाख, ७९ करोड ७३ लाख ७६ हजार र ४१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया