Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री हुने

आज पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री हुने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः पाँच अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । यसदिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत ३० गते पनि ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जारी मिति कात्तिक ९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँ र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ माघ ११ गते र २०७९ कात्तिक ७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने यी ट्रेजरी पुरानो नवीकरण अन्तर्गतका हुन् ।

यसअघि गत साता अर्थात् कात्र्तिक १ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x