Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्राण्डी अस्पतालबाट निस्किए कि निकालिए डा. पाण्डे

ग्राण्डी अस्पतालबाट निस्किए कि निकालिए डा. पाण्डे


काठमाडौं । यही ७ गते सम्पन्न ग्राण्डी अस्पतालको साधारणसभाबाट त्यसका लगानीकर्ता एवं सस्थापक मेडिकल निर्देशक डा. चक्रराज पाण्डे जिम्मेवारीमुक्त भएका छन् । अन्तर्राष्ट्रियस्तरको भनेर खोलिएको उक्त अस्पतालमा रहेका एक सय २६ जना लगानीकर्ताहरुमध्ये नेतृत्वकर्ताचाहिँ डा. पाण्डे नै हुन् ।

विवादास्पद घरजग्गा व्यवसायी दिपक कुँवरले त्यहाँ आफ्नो प्रभाव बढाउँदै गएपछि डा. पाण्डेविरुद्ध मोर्चाबन्दी गरेका थिए र त्यसमा डा. रुप ज्योति, उपेन्द्र महतोलगायतका मुख्य सेयरहोल्डरहरु मिलेर अस्पताल चल्नथालेपछि डा. पाण्डेलाई विभिन्न किसिमका दुःख दिएर निष्काशन गर्ने प्रयास गर्दै आएका थिए ।

उनीहरुले डा. पाण्डेविरुद्ध अदालतमा विभिन्न किसिमका १६ वटा मुद्दा दायर गरेका छन् । जनतासँग उठाएको पैसा नतिरेका र प्रहरीले समाउला भनेर पावर ब्रोकरहरुसँग गाला जोडेर हिँडेका डिजेन्द्र भनिने गुण समूहका विवादास्पद व्यक्ति राजेन्द्र शाक्य विना लगानी नै ग्राण्डी अस्पतालको हर्ताकर्ता जस्तो बनेर फाइल बोकेर अड्डा अदालत हिँड्नथालेपछि डा. पाण्डेलाई थप दुःख दिन थालिएको थियो ।

शाक्यले अस्पतालको कर्जा एक अर्ब २० करोड थपेर दुई अर्ब बनाउने र सोमध्ये २० करोड मात्र अस्पतालमा खर्च गरेर अरु एक अर्ब ८० करोड रुपैयाँ ऋण अपचलन गर्ने योजना बनाएपछि उनीहरुबीचको विवाद झनै उत्कर्षमा पुगेको थियो ।

उक्त अस्पतालमा औपचारिक रुपमा कुनै संलग्नता नरहेका राजेन्द्र शाक्यविरुद्ध पनि जालसाजीको मुद्दा पर्नुले त्यहाँभित्रको विवाद के हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । उनीहरु डा. पाण्डेलाई पहिले नै हटाउन चाहन्थे तर उनले छोडेका थिएनन् तर अहिले उनले छोडेकोभन्दा पनि साधारणसभाबाट नै निर्णय गरेर पदमुक्त गरेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x