Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिमित्त प्रमुखकै भरमा चारवटा वाणिज्य बैंक

निमित्त प्रमुखकै भरमा चारवटा वाणिज्य बैंक


काठमाडौं । प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको लामो समय भइसक्दा पनि प्रमुख कार्यकारी नियुक्त हुन नसक्दा चारवटा वाणिज्य बैंकहरु विगत लामो समयदेखि निमित्त प्रमुख कार्यकारी अधिकृतकै भरमा सञ्चालनमा रहेको देखिएको छ । केहीमा प्रमुख कार्यकारीको पदावधि सकिएको र केही संस्थामा प्रमुख कार्यकारीले राजीनामा दिएकै कारण झण्डै तीन महिना अघिदेखि सिद्धार्थ बैंक, सेञ्चुरी कमर्सियल बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डु (बीओके) लिमिटेड निमित्त प्रमुख कार्यकारीकै भरमा सञ्चालनमा रहेका हुन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्बन्धी व्यवस्थाअनुसार प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको बढीमा तीन महिनासम्ममा नयाँ प्रमुुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानका आधारमा पनि यी चारवटा वाणिज्य बैंकहरुको सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्तको विषयमा लामो समयदेखि आलटाल गर्दै आएको देखिएको छ ।

प्रमुख कार्यकारीको पद खाली भएका यी चार बैंकहरुमध्ये सिद्धार्थ बैंकमा यही साउन १८ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको पद खाली छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भु प्रसाद गौतमको कार्यकाल समाप्त भएपछि सिद्धार्थ बैंक सञ्चालक समितिले सुन्दर प्रसाद कँडेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । हालसम्म पनि कँडेलले निमित्त प्रमुख कार्यकारीको भूमिका निर्वाह गर्दै आएका छन् भने प्रमुख कार्यकारीको पद अझै खाली रहेको छ । यसैगरी बैंक अफ काठमाण्डूमा पनि प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको निकै लामो समय भइसकेको छ । यही साउन १९ गतेदेखि बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएपछि बीओकेको सञ्चालक समितिले श्रवणलाल मास्केलाई निमित्त प्रमुख कार्यकारीको जिम्वेवारी दिएकोमा उक्त बैंकमा पनि अहिलेसम्म पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनसकेको छ ।

कुमारी बैंकमा पनि अहिले प्रमुख कार्यकारी अधिकृतको पद खाली छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको २०७८ असार ३१ गते कार्यकाल समाप्त भएपछि कुमारी बैंकको सञ्चालक समितिले अनुजमणि तिमिल्सिनालाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिएको थियो । सीईओ नियुक्त हुन नसक्दा तिमिल्सिना हालसम्म पनि कुुमारीमा निमित्त प्रमुख कार्यकारी अधिकृतकै पदमा रहेका छन् । यसैगरी सेञ्चुरी कमर्सियल बैंक पनि २०७८ असार २७ गतेदेखि प्रमुख कार्यकारी अधिकृतविहीनको अवस्थामा छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुुलसीराम गौतमको कार्यकाल असार २७ गते सकिएपछि उक्त बैंकमा मनोज न्यौपाने निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए । तर अहिलेसम्म पनि उक्त बैंकको सञ्चालक समितिको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसक्दा न्यौपाने निमित्त प्रमुख कार्यकारीकै पदमा छन् ।

Open photo

वाणिज्य बैंकहरुमा नयाँ प्रमुख कार्यकारी नियुक्तिको विषयमा नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले भने यस विषयमा आफूलाई प्रष्ट जानकारी नभएको बताए । ‘कुनै पनि बैंकको प्रमुख कार्यकारी रिक्त भएपश्चात् नयाँ प्रमुख कार्यकारी नियुक्त गरिसक्नुपर्ने अधिकतम सीमाको बारेमा मलाईभन्दा पनि प्रवक्ता देवकुमार ढकाललाई जानकारी छ, यो उहाँको विभाग पनि हो, यसबारे उहाँलाई नै सम्पर्क गर्नुुभए राम्रो हुने थियो’, सहप्रवक्ता पोखरेलले भने । सोही विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई पटक–पटक सम्पर्क गर्न खोजे पनि फोन नउठ्दा सो विषयमा कुराकानी हुन सकेन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x