काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पनि बैंकिङ कसुरको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका–५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका–८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार काठमाडौको बूढानीलकण्ठ नगरपालिका १० चुनीखेलबाट पक्राउ गरिएको हो ।
खातुनविरुद्ध उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर रहेको थियो । सोपश्चात् फरार रहेकी खातुनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रवक्ता महतोले बताए ।
खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको जानकारी समेत प्रवक्ता प्रहरी उपरीक्षक महतोले दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया