Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपभोक्ता ठगीका घटनाहरु न्यूनीकरण गर्न सक्रियता

उपभोक्ता ठगीका घटनाहरु न्यूनीकरण गर्न सक्रियता


काठमाडौं, माघ १६
उपभोक्ता ठगीका घटनाहरु न्यूनीकरण गर्न आफूहरु सक्रिय रहेको सरोकारवाला निकायहरुले दाबी गरेका छन् । पछिल्लो समय उपभोक्ताहरुमाथि विभिन्न बहानामा ठगिने क्रम बढिरहेको विषयलाई ध्यान दिँदै उनीहरुले ठगी गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताए ।बजारमा निर्माण, औषधि, खाद्यान्नलगायत सामग्रीमा ठगी भइरहेको गुनासा आएको सन्दर्भमा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा सरोकारवाला निकायहरुले उपभोक्ता ठगीका घटनाहरु न्यूनीकरण हुँदै गएको बताए ।

‘बजार अनुगमन, अपराध अनुसन्धानमा लागूऔषधको अवस्था र नियन्त्रणका उपाएहरु’ विषयक अन्तत्र्रिmया कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको उद्देश्यपूर्तिका लागि दत्तचित्त भएर लागेको बताए । हाल काठमाडौं उपत्यकाभित्र घट्ने विभिन्न किसिमका आपराधिक घटना र उपभोक्ता ठगीका घटनाहरु न्यूनीकरण गर्न आफूहरु सक्रिय भएर लागेको उनको भनाइ थियो । नागरिकता, राहदानी लिने क्रममा समेत बिचौलियाबाट सेवाग्राहीहरु ठगिँदै आएकाले यस विषयमा आम नागरिकहरुमा सचेत हुन उनले आग्रह गरे । यसैगरी शान्ति सुरक्षाको हिसाबले काठमाडौ उपत्यका शतप्रतिशत सुरक्षित रहेको जिकिर गर्दै उनले भने, ‘काठमाडौ उपत्यका जुनसुकै कोणबाट सुरक्षित छ, यसको लागि हामी उत्तिकै सचेत पनि छौँ ।’ साथै उनले काठमाडौ जिल्लाभित्र लागूऔषध दुर्व्यसन रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी प्रशासनलाई सक्रिय भएर लाग्न निर्देशन दिएको जानकारी दिए ।

त्यसैगरी वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विगतमा भएका कामहरुलाई सम्मान गर्ने र बाँकी कामहरुलाई प्राप्त सुझावका आधारमा विभाग अगाडि बढ्ने जानकारी दिए । उपभोक्ताहरुको हितका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताउँदै उनले एसएमएस सिस्टम, क्यु सिस्टम, विद्युतीय हाजिरी, उपभोक्ता सहायता कक्षाहरु अप्रेसनमा ल्याएको जानकारी दिए ।

विभागले हाल व्यवस्थित तरिकाले अनुगमन गरिरहेको बताउँदै उनले भने, ‘सूचना र मापदण्डमा आधारित व्यवस्थित अनुगमन र दिगो खालको प्रभावकारी अनुगमन गरिरहेका छौँ ।’ अनुगमन सूचना प्रणालीमा आधारित हुनुपर्नेमा उनको जोड थियो । कालाबजारीमा संलग्न व्यक्तिहरुमाथि मुद्दा समेत चलाइएको उनले जानकारी दिए । त्यसैगरी अनुगमनमा जाने टोलीका सदस्यहरुलाई आचारसंहिता निर्माण गरेको उल्लेख गर्दै उनले अब छिट्टै नै पालना भए नभएको अनुगमन गरिने बताए । महानिर्देशक सुवेदीले विभागले दिनहुँजस्तो अनुगमन गरिरहेको दाबी समेत गरे । बजारमा फलामे डण्डी, सिमेन्ट, स्टील तथा उपभोग्य बस्तुहरुमा ठगी भइरहेको गुनासो आइरहेकोले दोषीलाई कारबाही गर्न विभाग तत्काल लाग्ने महानिर्देशक सुवेदीले बताए ।

त्यसैगरी कार्यक्रममा औषधि व्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकालले औषधी व्यवस्था विभागले विदेशबाट स्वदेशमा भित्रिने औषधिहरुको गुणस्तरीयता, बजार व्यवस्थापन, फार्मेसीहरुको अनुमगन गर्दै आएको जानकारी दिए । विभागले औषधीको समुुचित प्रयोगलाई प्रवद्र्धन गर्ने क्रियाकलाप सक्रिय भएको उनको भनाई थियो । उनले कसैलाई कारबाही गर्ने भन्दा पनि सबै पक्षलाई जिम्मेवार भई काम गरोस् गलत काम नगरोस् भन्ने खालको वातावरण सिर्जना गर्न विभाग लागि परेको बताए ।

कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशनका डिजिएम ब्रजेश झाले साल्ट टेडिङ्गले आफ्ना संस्थाबाट उपलब्ध गराउँदै आएका सामाग्रीहरु बजारको भन्दा सुलभ मूल्य र गुणस्तरीय सामाग्रीमा सम्झौता नगरेको जानकारी दिए । साथै सरकारले लिएको उदेश्यअनुसार जनमानसलाई सहज र सुपथ रुपमा नुन, तेल, गेडागुडीसहितका खाद्यान्न उपलब्ध गराएको बताए । प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बजारमा उपभोक्ता ठगिएको गुनासा आएको, आम जनताले सरकार भएको अनुभूति गर्नका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने भएकोले त्यसअनुरुप गर्न आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x