Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच दसमलव २२ अंकले उक्लियो सेयर बजार

पाँच दसमलव २२ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक पाँच दसमलव २२ अंकले उकालो लागेर २८ सय ४८ दसमलव ८४ बिन्दुमा चढेको हो ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ५२ अंकले ओरालो लागेर पाँच सय ३० दसमलव ८९ बिन्दुुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत ६१ हजार सात सय ४५ पटक सेयर कारोवार भएका छन् । जसअन्तर्गत ९९ लाख ९५ हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोवार रकम छ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x