Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रद्वारा सञ्चालित बैंकहरूको तुलनामा सरकारी बैंकमा निष्क्रिय कर्जा धेरै

निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरूको तुलनामा सरकारी बैंकमा निष्क्रिय कर्जा धेरै


काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वका बैकहरुमा निष्क्रिय कर्जा (एनपीएल) को मात्रा अधिक देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरुको तुलनामा सरकारी स्वामित्वका बैंकहरुमा निष्क्रिय कर्जा बढी देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा निष्क्रिय कर्जा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाासिक अवधिमा राष्ट्रिय वाणिज्य बैंकमा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय देखिँदा नेपाल इन्भेष्टमेन्ट बैंकमा दुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी दुुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव १० र दुई दशमलव ८० प्रतिशत रहेको थियो । यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा पनि चालू आवको पहिलो त्रैमासिकमा निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव आठ र दुई प्रतिशत रहेका छन् ।

यीबाहेकका एनएएमबी बैंक, सिटिजन्स बैक इन्टरनेशनल लिमिटेड, नेपाल बंगलादेश बैंक, प्रभुु बैंक, नेपाल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकसहितका नौवटा बैंकहरुमा भने चालू आवको पहिलो त्रैमासिकमा निष्क्रिय कर्र्जाको अनुपात एक दशमलव १३ देखि एक दशमलव ९१ प्रतिशतसम्म देखिएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ६५ देखि दुई दशमलव ८३ प्रतिशतसम्म रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा हिमालयन बैंकले, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५८ देखि शून्य दशमलव ९६ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ८७ देखि एक दशमलव २३ प्रतिशतसम्म रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार मेगा बैंक, सिद्धार्थ बैंक, माछापुच्छे« बैंक, एनआईसी एसिया बैंक र लक्ष्मी बैंकमा भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४९ देखि शून्य दशमलव ८९ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ४० देखि एक दशमलव ३२ प्रतिशतसम्म रहेको थियो । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्येमा नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र सानिमा बैंकमा भने निष्क्रिय कर्जाको अनुपात सबैभन्दा कम रहेको छ ।

चालू आवको पहिलो त्रैमासिकमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव १७, शून्य दशमलव १३ र शून्य दशमलव ११ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव २५, शून्य दशमलव २२ र शून्य दशमलव ४० प्रतिशत रहेका थिए ।

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x