मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने
काठमाडौं । सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । असोज अन्तिम साता मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।
बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका अतिक्रमणकारी र प्रहरीबीच झडप हुदाँ चार जनाको मृत्यु भएको थियो । सो घटनामा प्रहरीसहित करिब ६० जना घाइते भएका थिए । झडप असोज २४ गते भएको थियो । घटनापछि मोतीपुरको रानीगन्ज क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको थियो ।
मन्त्रिपरिषद् बैठकले हालैको बेमौसमी वर्षाबाट धान बालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि समेत स्वीकृत गरेको छ । धानबालीमा भएको क्षतिको विवरण तयार गर्नको लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (आर्थिक तथा पूर्वाधार) को संयोजकत्वामा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजन आयाोगका सह–सचिव रहने गरी कार्यदल गठन गर्ने निर्देशन दिएको थियो ।
कृषि मन्त्रालयले बेमौसमी वर्षाका कारण ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँबराबरको धानबाली क्षति भएको बताएको थियो । एक लाख ११ हजार छ सय नौ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुग्नुको साथै चार लाख २४ हजार एक सय १३ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको थियो । मन्त्रालयले कृषकहरु धानबालीमा क्षति भएसँगै पीडित हुनपुगेको भन्दै छिटोेभन्दा छिटो राहत प्रदान गरिने बताउँदै आएको थियो । सोहीअनुरुप मन्त्रिपरिषद्ले पछिल्लो निर्णय गरेको हो ।
यस्तै कुश्मा ४ सय केभी सबस्टेसन र जुम्ला सबस्टेसनको लागि जग्गाप्राप्ति गर्न स्वीकृति दिने, लोक सेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठनको जेनेभामा सञ्चालन हुने विश्व स्वास्थ्य सभाको विशेष समारोह (डब्लुएचओ ७४, १६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने र कीर्तिपुर नगरपालिका र चीनको हुबीआई प्रान्तस्थित हुयाङग्याङ सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा नेपाल कृषि था वन सेवा समूहकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया